मुख्य समाचार
इजरायलको आक्रमणबाट गाजामा ४० हजारभन्दा बढीको मृत्यु, ६० प्रतिशत भौतिक संरचना ध्वस्त
इजरायलको आक्रमणबाट गाजामा ४० हजारभन्दा बढीको मृत्यु, ६० प्रतिशत भौतिक संरचना ध्वस्त

। इजरायलले विगत १० महिनायता गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजारभन्दा धेरै व्यक्तिको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । ९२ हजार जना घाइते भएका छन् ।

गत ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २ सय जनाको मृत्यु भएपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलको आक्रमण अहिले पनि जारी छ ।

हमासको स्वास्थ्य मन्त्रालयले विहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा गरेको आक्रमणबाट ४० हजार ५ जनाको मृत्यु भएको छ । गाजाको कूल जनसंख्या २३ लाख छ ।

गाजा क्षेत्रमा ६० प्रतिशत भौतिक संरचना ध्वस्त भएका छन् । स्याटलाइट तस्वीर हेर्दा सबैभन्दा धेरै भौतिक क्षति दक्षिणी शहर रफाहमा भएको छ ।



संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयका प्रमुख वोल्कर टर्कका अनुसार गाजा क्षेत्रमा मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । गाजामा हृदयविदारक अवस्था रहेको भन्दै उनले भनेका छन्, ‘यस्तो हृदयविदारक अवस्था इजरायली सेनाले युद्धको नियम पालना नगर्दा उत्पन्न भएको हो ।’

उनका अनुसार गाजामा औसतमा दैनिक १३० जना मानिसको मृत्यु हुने गरेको छ । इजरायली सेनाले घर, अस्पताल, स्कुल र धार्मिक प्रार्थना स्थलमा समेत आक्रमण गरेको भन्दै उनले यसलाई निकै गम्भीर अवस्था भनेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्त कार्यालयले युद्ध बन्द गर्न र बन्धकहरुलाई रिहा गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम