मुख्य समाचार
लोडसेडिङ हुँदा खुसी हुने जमातले नै मेरो विरोध गरिरहेका छन् : कुलमान घिसिङ
लोडसेडिङ हुँदा खुसी हुने जमातले नै मेरो विरोध गरिरहेका छन् : कुलमान घिसिङ

: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन्।

प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको र उनीहरुले विरोध गर्ने गरेको गुनासो गरे।

केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाउँमा पुगेर प्राधिकरणको हिसाबकिताबप्रति आशंका व्यक्त गर्ने गरेको भन्दै घिसिङले महालेखा परीक्षकको ३ वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ भन्दै प्रश्न गरे।



उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको स्पष्ट पारे। उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु ठूलो विषय भएबो बताए।

नेपालको विद्युत क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विधुतीय गाडीहरू सञ्चालन हुन थालेको उनले बताए। घिसिङले वितरण प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले १ खर्ब लगानी गरेको बताए। उनले आफ्नो दोस्रो कार्यकालको अन्तिम वार्षिकोत्सव मनाउने बर्ष भएको र अर्को वर्ष साउन २५ गते आफ्नो चार वर्षे कार्यावधि समाप्त भएपछि प्राधिकरणबाट बिदा लिने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले आफ्ना मतदातासँग निर्वाचित सांसद प्रत्यक्षरुपमा जोडिनुपर्ने बताएका छन् । मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाट तथा पार्टी प्रवेशसम्बन्धी कार्यक्रममा व्यस्त रहनुभएका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने ...
। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ । हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न थालेको सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले जानकारी दिए । उनले भने, ‘हाल सबै प्रकारका ...
। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बाबु-छोराबीचको झगडा रोक्न खोज्दा एक जनाको ज्यान गएको छ । दुप्चेश्वर-१ स्थित घ्यावरचौरका ३५ वर्षिय रणबहादुर तामाङको मंगलबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार तामाङ छिमेकी ५२ वर्षिय वाङ्दी शेर्पाको घरमा बिरामीको झारफुक गर्न गएका थिए । त्यही समयमा वाङ्दी र उनका २५ वर्षका ...
। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मुलुकले आर्थिक आत्मनिर्भरता हासिल गर्न नसकेसम्म सशक्तीकरणका नारा व्यवहारमा कार्यान्वयन हुन नसक्ने बताएकी छन् । बुधबार ‘काठमाडौं बिजनेस एक्स्पो–२०८२’ को उद्घाटनमा उनले नागरिकको सिपलाई आयसँग जोड्न नसकिएसम्म आर्थिक सुदृढीकरण सम्भव नहुने बताइन् । उनले सबै नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन व्यवसायिक मेला महोत्सवहरू आयोजना गरिरहनु जरुरी रहेको बताइन् । उनले सबै ...
। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावको चटारोले उम्मेदवारहरूलाई भ्याइनभ्याइ छ । पोखराका सडकमा दुई सातादेखि थुप्रिएको फोहोरको दुर्गन्ध छल्दै उम्मेदवारहरू मतदातालाई अनेक आश्वासन र एजेन्डा पस्किरहेका छन् । चुनावी चहलपहलबीच स्वार्थको खेलमा दीर्घकालीन व्यवस्थापन हुन नसकेको फोहोर र महानगरपालिकाको नेतृत्वको असक्षताले सिंगो पोखरालाई गिज्जाइरहेको छ । सुशासन र दिगो विकासको नारा लिएर चुनावमा होमिएका दलहरूले स्वार्थको रोटी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम