मुख्य समाचार
नेपालको शान्ति प्रक्रिया सराहनीय : स्वीस राजदूत मोन्टेलोने
नेपालको शान्ति प्रक्रिया सराहनीय : स्वीस राजदूत मोन्टेलोने

। नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत डानियल मेउल्ली मोन्टेलोनेले नेपालको शान्ति प्रक्रिया, संविधान लेखन तथा कार्यान्वयन सराहनीय रहेको बताएकी छन् ।

बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेटवार्तामा उनले यस्तो धारणा राखेकी हुन् ।

भेटमा स्वीस राजदूत मोन्टेलोनेले दुई देशबीचको ६ दशक भन्दा लामो कूटनीतिक सम्बन्ध दरिलो र सद्भावपूर्ण रहेको बताएकी छन् । लामोसाँघु जिरी सडक, अरनिको राजमार्ग निर्माण तथा स्तरोन्नति जस्ता कार्य दुई देशबीचको सम्बन्धको कोशेढुंगाको रुपमा रहेको उनले बताइन् ।

नेपालको बदलिएको परिवेश र आवश्यकताका आधारमा आफ्नो देशले नेपाललाई गर्ने सहयोग र सहकार्यको स्वरुप फैर्दै लगेको भन्दै उनले निर्माण कार्यमा प्रत्यक्ष सहयोग मात्र नभई सुरुङ निर्माण तथा अन्य प्राविधिक क्षेत्रमा सीप तथा ज्ञान हस्तान्तरणका लागि तयार रहेको उल्लेख गरिन् ।


भेटका क्रममा मन्त्री दाहालले थोरै जनसंख्या भए पनि स्वीटजरल्याण्डले विकास तथा प्रविधिका क्षेत्रमा गरेको प्रगति उदाहरणीय रहेको बताए । नेपालको भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रमा गरेको योगदानप्रति आधार व्यक्त गर्दै मन्त्री दाहालले नेपालको शान्ति प्रक्रिया, कोभिड महामारी, भूकम्प जस्ता विशेष अवस्थामा पुर्‍याएको योगदानको स्मरण गरे ।

नेपालको शान्ति प्रक्रियाका लागि महत्वपूर्ण मानिएको टीआरसी विधेयकमा दलहरूबीच सहमति भइसकेको जनाउँदै मन्त्री दाहालले यसले नेपालको शान्ति प्रक्रियामा टुङ्गोमा पुर्‍याउने र नेपालको विकास र समृद्धिको गति लिने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २१ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए । उनले स्पष्टीकरण सोधिएका २१ मध्ये १२ वटाबाट जवाफ प्राप्त भइसकेको जानकारी दिए । आयोगले ...
— नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले रास्वपाले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै चन्दले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरूले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाएका हुन् । महासचिव चन्दले नयाँ पार्टीहरूले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवाद संस्कार अंगिकार गरेको ...
— प्रतिनिधिसभा निर्वाचनकालागि स्याङ्जामा माग गरे अनुसार निर्वाचन प्रहरीको आवेदन नपरेपछि पूर्वी नवलपरासीबाट ३ सय जनालाई पठाइएको छ । जिल्ला प्रहरी प्रमुख युवराज खड्काका अनुसार यहाँ छनौट भएका ३ सय जना निर्वाचन प्रहरीलाई आइतबार स्याङ्जा पठाइएको हो । फागुन २१ गतेकाे निर्वाचनकालागि जिल्ला प्रहरीले करिब २ हजार निर्वाचन प्रहरी भर्ना गरेको छ। तीमध्ये स्याङ्जाको माग अनुसारको त्यहाँ पठाइएको ...
— सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा उल्लेखनीय वृद्धि देखिएको छ । अध्यागमन कार्यालय र नेपाल पर्यटन बोर्डद्वारा जारी तथ्यांकअनुसार उक्त महिनामा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीअघि २०१९ को जनवरीसँग तुलना गर्दा पनि पर्यटक आगमन १४ प्रतिशतले वृद्धि भएको ...
— नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 'आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको ...