मुख्य समाचार
'भ्रष्टाचार कसुरमा हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा प्रयाप्त छलफल हुनुपर्छ'
'भ्रष्टाचार कसुरमा हदम्याद र अख्तियारले मुद्दा दायर गर्दैमा निलम्बन हुने व्यवस्थामा प्रयाप्त छलफल हुनुपर्छ'

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचार कसुरमा हदम्याद राख्ने विषयमा प्रयाप्त छलफल हुनु जरुरी रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफलका क्रममा प्रचण्डले हदम्यादमा विषयमा विभिन्न कोणबाट कुरा आइरहेको भन्दै हदम्याद राख्ने वा नराख्ने भन्ने विषयमा प्रयाप्त छलफल गर्दै निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । उनले विधेयकलाई अघि बढाउँदै गर्दा अख्तियारको भूमिकालाई पनि थप स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याए।



आयोग र कर्मचारीतन्त्रबीचको अन्तरविरोधले शासन व्यवस्थालाई नै असर पारेको अनुभव रहेको भन्दै प्रचण्डले यस विषयमा पनि थप छलफल आवश्यक रहेको बताए । त्यस्तै प्रचण्डले भ्रष्टाचार कसुरमा निलम्बतपश्चात् अदालतले अन्तिम फैसला दिँदासम्म निर्दोष भनेको अवस्थामा क्षतिपूर्ति कस्तो हुने भन्ने विषय जटिल रहेको धारणा राखे।

अदालतले फैसला नगर्दासम्म निलम्बित नहुने व्यवस्था गर्न सकिने उनले बताए। प्रचण्डले शासन प्रणाली र नियमक संरचनाहरुमा परिमार्जन र सुधार गर्नुपर्ने धेरै विषयहरू रहेको उल्लेख गरे । अहिले सूचना प्रविधिमा देखिएको विकाससँगै समयानुकूल भ्रष्टाचार नियन्त्रण गर्न विधेयकलाई पूर्ण बनाउनुपर्ने समेत उनले सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् । काठमाडौं–४ मा शनिबार चुनाव लक्षित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए । ‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौं मण्डिखाटारस्थित घरको झ्यालमा तोडफोड भएको छ । झ्यालको ग्रिल फुटाएको अवस्थामा देखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । ‘ग्रिल फुटेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘आफन्तले जानकारी गराएपछि हामीले थप अनुसन्धान सुरु गरेका छौं ।' चोरी गर्ने नियतले नै झ्यालको ग्रिल ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए। सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन् । आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने बताए । शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा- काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुले देशलाई विजयी बनाउनु हुनेछ, १६५ ...
। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए । उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ । यसका साथै होटल, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम