मुख्य समाचार
बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्ने
बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्ने

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पूर्व घोषणाअनुसार बिहीबारदेखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिको संयुक्त चुनावी अभियानको नेतृत्व गर्ने भएका छन्।



उनीहरूले रिपब्लिकन नेता तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी नेतृत्वलाई चुनौति दिन डेमोक्र्याटिक पार्टीको तर्फबाट वासिङ्टन नजिकैको मेरील्याण्डमा एक कार्यक्रममार्फत एकताको प्रदर्शन गर्ने कार्यक्रम तय भएको हो ।

बाइडेनले बुधबारको घोषणामा औषधिको मूल्य घटाउने मुख्य नीति समावेश हुने सङ्केत गर्दै ह्वाइट हाउसले अमेरिकी जनताका लागि लागत घटाउने कदमहरू चाल्ने बताएका छन्।



उपराष्ट्रपति ह्यारिसले भने शुक्रबार आफ्नै आर्थिक एजेन्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसैबिच रिपब्लिकनका उम्मेदवार ट्रम्पले पत्रकार सम्मेलन गर्दै आफ्नो योजना सार्वजनिक गरेका छन्।

अनलाइन सञ्चारमाध्यम एक्सियोसले ह्यारिसले बाइडेनका महङ्गी वृद्धिलगायतका अलोकप्रिय मुद्दाहरूबाट माथि उठी आफ्नो चुनावी घोषणा सार्वजनिक गर्न तयारी गरिरहेको समाचारमा उल्लेख गरेको छ ।

अर्कोतर्फ फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिचिगनको सर्वेक्षणअनुसार धेरै अमेरिकीहरूले अमेरिकी अर्थतन्त्रलाई सम्हाल्न रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार तथा उपराष्ट्रपति ह्यारिसमा विश्वास गर्न थालेका छन् । यद्यपि जनविश्वास दर ह्यारिसको पक्षमा ४२ प्रतिशत र ट्रम्पको पक्षमा ४१ रहेको छ ।

उत्तरी क्यारोलिनाको निर्वाचनमा अत्यधिक प्रतिस्पर्धा हुने र निर्णायक मानिने राज्यमा शुक्रबार ह्यारिसले मुल्यवृद्धि नियन्त्रणलाई आत्मसाथ गर्दै पहिलो नीतिगत भाषण गर्ने कार्यक्रम तय भएको छ ।

ह्यारिसले नीतिगत एजेन्डा तय गर्दा प्रशासनको नीतिहरूलाई प्रवर्द्धन गर्ने कुरासमेतमा सावधान रहने जर्ज वासिङ्टन युनिभर्सिटीका केसी बर्गटले बताएका छन्।

बाइडेनले ह्यारिसलाई आफ्नो पूर्ण समर्थनको प्रस्ताव गर्दै यो जनताको मन जिती संयमता पूर्वक अगाडी बढ्ने समय भएको बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस गेराल्ड आर फोर्ड) लाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वको सबैभन्दा ठूलो आर्माडा (विमानवाहक युद्धपोत युएसएस गेराल्ड आर फोर्ड) लाई क्यारेबियन सागरबाट मध्यपूर्वतर्फ जान आदेश दिएका छन् । अमेरिकाले यसअघि नै मध्यपूर्वमा युएसएस अब्राहम लिंकन युद्धपोत राखिसकेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पले इरानको आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममाथि दबाब बढाउँदै दोस्रो विमानवाहक युद्धपोत मध्यपूर्व पठाउन लागेको समाचार संस्था अल जजिराले लेखेको छ । शुक्रबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले यूएसएस जेराल्ड आर फोर्ड क्यारिबियनबाट ‘चाँडै’ मध्यपूर्वतर्फ प्रस्थान गर्ने पुष्टि गरेका ...
— बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी) अध्यक्ष तारिक रहमानले निर्वाचनपछि बंगलादेशमा स्वतन्त्रता र अधिकार पुनर्स्थापित भएको बताएका छन् । 'यो विजय ती जनताको हो जसले लोकतन्त्रका लागि बलिदान गरे," तारिकले ढाकाको एक होटेलमा आयोजित प्रेस सम्मेलनमा चुनावपछिको सम्बोधनमा भने । संसदीय निर्वाचनमा प्रत्यक्षतर्फका ३ सयमध्ये २ सय ९७ क्षेत्रको नतिजा सार्वजनिक हुँदा उनको पार्टीले दुई-तिहाई सिट ल्याएको छ ...
— युरोपेली युनियन पर्यवेक्षण मिशन ((ईयू ईओएम) ले बिहीबार बंगलादेशमा सम्पन्न निर्वाचन निष्पक्ष र विश्वसनीय रहेको जनाएको छ । मिशनका प्रमुख पर्यवेक्षक तथा युरोपेली संसद्का सदस्य इभर्स इजाब्सले आज ढाकामा आयोजित प्रेस ब्रिफिङमा प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरे । उनले यो निर्वाचन लोकतान्त्रिक र कानुनी शासन पुनर्स्थापनातर्फको 'महत्त्वपूर्ण कदम' रहेको बताए । '२०२६ को संसदीय निर्वाचन साँच्चै प्रतिस्पर्धात्मक ...
— अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावलाई ध्यानमा राख्दै मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत (एयरक्राप्ट क्यारियर) पठाउने निर्णय लिएका छन्। यस विमानवाहक पोतको नाम ‘यूएसएस जेराल्ड आर फोर्ड’ हो र यो पहिले नै मध्यपूर्वमा रहेका अन्य युद्धपोतहरूसँगै सञ्चालनमा जानेछ । यसले अमेरिकाको केन्द्रीय कमान क्षेत्रमा दुई विमानवाहक समूहको उपस्थिती सुनिश्चित गर्नेछ । राष्ट्रपति ट्रम्पले ...