मुख्य समाचार
हाकिमको पहिरन बताइदिनुपर्ने गज्जबको जागिर, तलब ७० लाख
हाकिमको पहिरन बताइदिनुपर्ने गज्जबको जागिर, तलब ७० लाख

। जोकोहीको सपना हुन्छ, परिश्रम कम, सजिलो काम तर तलब मनग्गे भएको जागिर खाने । यस्तो जागिरलाई ड्रिम जब अर्थात् स्वप्निल जागिर भन्दा फरक पर्दैन ।

यस्तै सपनाको जागिर मध्ये एउटा जागिरका बारेमा थाहा पाउनुभयो भने तपाइँ तिनछक पर्नुहुनेछ । वास्तवमा यो जागिरमा गर्नुपर्ने काम भनेकै एकजना व्यक्तिको लागि पहिरन छानिदिनु पर्ने ।


अर्थात् त्यो व्यक्ति कार्यालयमा जाँदा कस्तो लुगा लगाउने ? पार्टीमा जानुपर्दा कस्तो लगाउने ? आदि कुराको छनोट गरिदिने काम गरे पुग्दछ । यो सजिलो कामको तलब चाहीँ वर्षमा करीब ७० लाख रुपैयाँ रहेको छ ।

बेलायतका करोडपति ब्यारी ड्रेबिट बार्लोले हालै आफ्नो निजी सहायक अर्थात् पिए पदका लागि विज्ञापन खोलेका छन् ।

जसमा उनले आफ्नो लग्जरी लाइफस्टाललाई व्यवस्थापन गर्नका लागि आफुलाई एकजना निजी सहायकको आवश्यकता परेको बताएका छन् । उनका अनुसार निजी सहायकमा नियुक्त हुने व्यक्तिले उनका लागि दैनिक रुपमा पहिरनको छनोट गर्नुपर्नेछ ।

साथै दराजमा उनका लत्ताकपडा व्यवस्थापन गरेर पनि राखिदिनु पर्नेछ । त्यस्तै उनी कुनै कामका लागि बाहिर यात्रामा निस्किँदा निजी सहायक पनि सँगै जानुपर्नेछ भने उनको दैनिक कार्यतालिकाको व्यवस्थापन पनि गर्नुपर्नेछ । त्यस्तै उनका १० जना कर्मचारीको व्यवस्थापन गर्ने र भान्सेसँग मिलेर उनका खानेकुराको मेन्यूतयार गर्ने काम पनि गर्नुपर्नेछ।

विज्ञापन अनुसार मुख्यतः कार्यक्षेत्र बेलायतमै भएपनि उनी अमेरिका र एसियामा भ्रमण गर्दा उल्लेख्य रुपमा त्यहाँ जानुपर्नेछ । त्यस्तै सो पदमा आवेदन दिने व्यक्ति घर छाडेर काम गर्न सक्ने र हप्तौँ वा महिनौँसम्म बाहिरै बस्नसक्ने वा भ्रमण गर्न समेत सक्ने हुनुपर्नेछ ।

द सनमा प्रकाशित समाचार अनुसार ती ५४ वर्षीय करोडपतिको निजी सहायकमा दरखास्त हाल्ने उम्मेदवार बेलायतको बासिन्दा हुनुपर्नेछ । निजी सहायक नियुक्त भएपछि ड्रेबिटकै आलिसान घरमा बस्नुपर्नेछ । अर्थात् सो जागिर आवासीय हुनेछ। त्यस्तै हप्तामा दुईदिन छुट्टी मिल्नेछ ।

सोमबार देखि शुक्रबार सम्म भने दैनिक १० घण्टा काम गर्नुपर्नेछ । तलब चाहीँ वर्षमा अधिकतम ४० हजार पाउण्ड अर्थात् करीब ७० लाख रुपैयाँ हुनेछ । सो जागिरमा दरखास्त दिनका लागि कुनै पूर्व अनुभवको आवश्यकता नपर्ने बताइएको छ ।

स्मरण रहोस् ब्यारीले सरोगेसीबाट ८ जना बच्चा जन्माएका छन् । उनी सन् १९९९ मा बेलायतको पहिलो समलिंगी पिता बनेर चर्चामा आएका थिए । उनी आफ्नी नयाँ जन्मिएकी छोरीलाई १० लाख पाउण्डको घर उपहार दिएर पनि चर्चित बनेका थिए । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...