मुख्य समाचार
मिसेल योह ‘अवतार’को चौथो र पाँचौं श्रृंखलामा वैज्ञानिकको भूमिकामा देखिने
मिसेल योह ‘अवतार’को चौथो र पाँचौं श्रृंखलामा वैज्ञानिकको भूमिकामा देखिने

। चिनियाँ मूलकी हलिउड अभिनेत्री मिसेल योहको पाण्डोरा ग्रहको भ्रमण पक्का भएको छ । उनी प्रतीक्षित ब्लकबस्टर फिल्म ‘अवतार’को चौथो र पाँचौं श्रृंखलामा देखिने भएकी छन् ।

निर्देशक जेम्स क्यामरुनले ती श्रृंखलामा अभिनेत्री योहले डा. करिना मोग नामक वैज्ञानिकको भूमिका निर्वाह गर्ने जनाएका छन् । योहले अवतारको तेस्रो श्रृंखला ‘फायर एण्ड एस’मा अभिनय गर्ने चर्चाबीच निर्देशक क्यामरुनको प्रष्टीकरण आएको हो ।

‘मिसेल योह ३ मा हुनेछैनन् । उनी चौथो र पाँचौं श्रृंखलामा देखिनेछिन्,’ निर्देशक क्यामरुनले भने ।

सन् २०२१ मा फिल्मको सुटिङ सेटमा उपस्थित अभिनेत्री योहसँगको फोटो सेयर गर्दै दिवंगत निर्माता जोन लान्डाउले यसबारे संकेत दिएका थिए । लगत्तै योह तेस्रो सिक्वेलमा देखिने अड्कलबाजी चलेको थियो ।

क्यामरुनले सन् २०२२ मा दोस्रो भाग ‘अवतार : द वे अफ वाटर’सँगै तेस्रो श्रृंखला ‘फायर एण्ड एस’ र ‘अवतार ४’ का भाग खिचेका थिए ।

‘उनी चाँडै नै आफ्नो भाग गर्न आउँदैछिन्, जुन एक रोचक, रमाइलो चरित्र हो,’ क्यामरनले इन्टरटेनमेन्ट विक्ली म्यागेजिनलाई भने, ‘मेरो मतलब, हामी अब आफैं अगाडि बढ्दैछौं । यो सबै कुरा वर्षौंका लागि योजना गरिएको छ । स्क्रिप्ट सबै यसै वर्षको सुरुवातमा लेखिएका थिए । त्यसैले हामीले चारै भागमा काम गरिरहेका छौं ।’

‘हामी मिसेललाई माया गर्छौं,’ निर्देशकले भने, ‘उनी सधैं फिल्म स्टार हुन् । म उनीसँग काम गर्न उत्साहित छु ।’ अवतार ३ सन् २०२५ को क्रिसमस छेकोमा डिसेम्बर १९ मा प्रदर्शन हुनेछ ।

‘अवतार ४’ डिसेम्बर २१, २०२९ र ‘अवतार ५’ डिसेम्बर १९, २०३१ मा रिलिज हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...