मुख्य समाचार
जापानका प्रधानमन्त्री किशिदाले पार्टीको नेताको निर्वाचनमा उम्मेदवारी नदिने
जापानका प्रधानमन्त्री किशिदाले पार्टीको नेताको निर्वाचनमा उम्मेदवारी नदिने

: जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को नेताका रुपमा पुनः निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् ।

योसँगै जापानले अब नयाँ प्रधानमन्त्री पाउने निर्णय भएको छ ।

फुमियो किशिदाले निर्णयको बारेमा भने, 'पार्टीको प्रतिनिधित्वमा नयाँ मानिस चाहिन्छ।' ६७ वर्षीय किशिदाले सेप्टेम्बरमा पार्टीको नयाँ नेता चयन गरेपछि प्रधानमन्त्री पदबाट राजीनामा दिने अपेक्षा गरिएको छ ।


किशिदाको समर्थन जापानमा पनि घट्दै गएको छ । यसको पछाडि उनको पार्टी भ्रष्टाचार र घोटालाको आरोपमा फसेको बताइएको छ । यसबाहेक किशिदा सरकार बढ्दो मुद्रास्फीति, येन (जापानी मुद्रा) घट्ने जस्ता समस्यासँग पनि जुधिरहेको छ ।

किशिदाको पार्टीमा पनि उनको नेतृत्वमा आमनिर्वाचन जित्ने हो कि होइन भन्ने शंका छ । निर्वाचन विश्लेषकहरूले जापान अहिले पुस्ता परिवर्तनबाट गुज्रिरहेको र सत्तामा रहेको पार्टीले आफ्नो छवि सफा गर्न संघर्ष गरिरहेको बताएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानका पाण्डा प्रेमीहरूका लागि यो साता निकै नमज्जा बनेको छ। टोक्योको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पाण्डा ‘शाओ शाओ’ र ‘लेई लेई’ जनवरी २७ मा चीन फर्किँदै छन्। यी पाण्डाहरूमाथि चीनको स्वामित्व रहेको छ। आइतबार चिडियाखानामा यी पाण्डाहरूलाई अन्तिम पटक सार्वजनिक रूपमा प्रदर्शन गरियो। हजारौँ मानिसहरू अन्तिम बिदाइका लागि पुगेका थिए। भीड धेरै भएकाले ...
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम