मुख्य समाचार
विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्
विश्वकप फाइनल खेलेका ८ खेलाडी दक्षिण अफ्रिका टोलीमा परेनन्

। दक्षिण अफ्रिकाले दुई महिनाअघि भएको आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध खेलेका ८ खेलाडीलाई बाहिर राख्दै टोली घोषणा गरेको छ ।

वेष्टइण्डिजसँग हुने तीन टी–२० आई सिरिजका लागि दक्षिण अफ्रिकाले आफ्ना प्रमुख खेलाडीलाई बाहिर राख्दै नयाँ खेलाडीलाई मौका दिएको हो ।




जुन २९ मा भारतविरुद्ध विश्वकप फाइनल खेलेका ओपनर क्विन्टन डि कक, हेनरिक क्लासेन, डेविड मिलर, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्किया, तबरेज साम्सी र मार्को यानसन टोलीबाट बाहिर छन् ।

विश्वकप फाइनल खेलेका कप्तान एडेन माक्ररम, ट्रिस्टन स्टब्स र रिजा हेन्ड्रिक्स मात्रै वेष्टइण्डिजविरुद्ध सिरिजमा टोलीमा अटाएका छन् ।



अपराजित रहँदै फाइनल खेलेको दक्षिण अफ्रिका फाइनलमा भारतसँग ७ रनले पराजित भएको थियो । समूह चरणमा दक्षिण अफ्रिकाले नेपाललाई १ रनले हराएको थियो ।

युवा खेलाडीको विकास, सिनियर खेलाडीको ओभरलोड म्यानेजमेन्ट र चोटका कारण धेरै खेलाडी टोली बाहिर रहेका दक्षिण अफ्रिकाका प्रशिक्षक रोव वाल्टरले जनाएका छन् ।

१८ वर्षीय युवा तीव्र गतिका बलर क्वेना मफाकासँगै ३० वर्षीय शीर्षक्रमका ब्याटर जेसन स्मिथ पहिलो पटक दक्षिण अफ्रिका टोलीमा परेका छन् ।

क्वेनाले गतवर्ष यू-१९ विश्वकपका सर्वाधिक २१ विकेट लिएका थिए । यू-१९ विश्वकपमा राम्रो प्रदर्शनपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा उनलाई मुम्बई इन्डियन्सले टोलीमा अनुबन्ध गरेको थियो ।

गत मार्चमा आईपीएलको डेब्यू खेलमा सनराइजर्स हैदराबादविरुद्ध क्वेनाले ६६ रन खर्चिन पुगेका थिए । उक्त खेलमा हैदराबादले मुम्बईविरुद्ध २७७ रन बनाएको थियो ।

दोस्रो खेलमा राजस्थान रोयल्सविरुद्ध २ ओभरमा २३ रन खर्चेर १ विकेट लिएका थिए । ओपनर यशस्वी जैसवाललाई १० रनमा आउट गरेका उनी त्यसपछि स्वदेश फर्किएका थिए ।

उनलाई दक्षिण अफ्रिका तीव्र गतिको बलरमा भविष्य मानिदै आएको छ । दक्षिण अफ्रिका र वेष्टइण्डिजबीचको तीन टी–२० आई सिरिज २४, २६ र २८ अगष्टमा हुनेछ ।

दक्षिण अफ्रिका टोली :

एडेन माक्ररम (कप्तान), ओटलिन बार्टम्यान, नान्द्रे बर्गर, डोनोभान फेरेरा, ब्जोर्न फर्टुन, रिजा हेन्ड्रिक्स, प्याट्रिक क्रुगर, क्वेना मफाका, विआन मुल्डर, लुंगी एनगिडी, रयान रिक्केल्टन, जेसन स्मिथ, ट्रिस्टन स्टब्स, रास्सी भान डर डुसेन र लिजाड विलियम्स ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...