मुख्य समाचार
कंगना रनौतको ‘इमर्जेन्सी’ ट्रेलर : इण्डिया इज इन्दिरा, इन्दिरा इज इण्डिया
कंगना रनौतको ‘इमर्जेन्सी’ ट्रेलर : इण्डिया इज इन्दिरा, इन्दिरा इज इण्डिया

। बलिउड अभिनेत्री कंगना रनौतको आगामी फिल्म ‘इमर्जेन्सी’लाई दर्शक उत्सुकतासहित पर्खिरहेका छन् । पर्खाइबीच निर्माताले बुधबार ट्रेलर सार्वजनिक गरेका छन् ।

फिल्ममा कंगनाले भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको चरित्र निर्वाह गरेकी छन् । कंगनाले इन्स्टाग्राम स्टोरीमा फिल्मको ट्रेलर सेयर गरेकी छिन् ।

यो फिल्मको कथावस्तु सन् १९७५ मा भारतमा लगाइएको संकटकालको परिस्थिति वरपर घुम्छ । त्यतिबेलाको सत्ता राजनीति र रस्साकस्सी यसमा छ ।

फिल्ममा अनुपम खेर, मिलिन्द सोमन, महिमा चौधरी र श्रेयस तलपदे पनि छन् । श्रेयसले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गरेका छन् । दिवंगत अभिनेता सतिश कौशिक पूर्वउपप्रधानमन्त्री जगजीवन रामको भूमिकामा छन् ।

कंगनाले ट्रेलर सेयर गर्दै लेखेकी छन्, ‘भारत इन्दिरा हो र इन्दिरा भारत हो । देशको इतिहासमा सबैभन्दा शक्तिशाली महिला, आफ्नो इतिहासमा लेखिएको कालो अध्याय । भर्खरै ‘इमर्जेन्सी’ को ट्रेलर रिलिज भएको छ । इमर्जेन्सी सेप्टेम्बर ६ मा विश्वभरका थिएटरमा रिलिज हुँदैछ ।’

कंगना लोकसभा चुनावमा व्यस्त भएपछि यो फिल्मको प्रदर्शन रोकिएको थियो । उनले भाजपाबाट हिमाञ्चल राज्यको मण्डी सिटबाट लोकसभा चुनाव जितेकी हुन् । ‘इमर्जेन्सी’को निर्देशन कंगना स्वयंले गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...