मुख्य समाचार
माग्ने बूढा भन्छन्– हास्य कलाकारको बीचमा द्वन्द्व छैन, वार्ताबाटै हल हुन्छ
माग्ने बूढा भन्छन्– हास्य कलाकारको बीचमा द्वन्द्व छैन, वार्ताबाटै हल हुन्छ

। दीपकराज गिरी र केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’को अभिनय रहेको फिल्म ‘छक्कापञ्जा ५’ र जितु नेपाल अभिनित ‘ज्वाइँ साब’ एकै मितिमा आउने पक्का भएको छ ।

वसन्त निरौला निर्देशित ‘ज्वाइँ साब’ले दसैं फूलपातीलाई रिलिज डेटको रुपमा घोषणा गरेको छ । कुनैबेला ‘छक्कापञ्जा’ श्रृंखलामा सहकार्य गरेका दीपक-माग्ने बूढा र जितु नेपालको फिल्म एउटै मितिमा जुध्ने भएपछि यसले फिल्म वृत्तमा तरंग पैदा गरेको छ ।

यो विकासक्रमलाई लिएर अभिनेता घिमिरेले फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् । उनले हास्य कलाकारबीच यस्तो खाले द्वन्द्व अहिलेसम्म नभएको र यो पनि वार्ताको माध्यमबाट हल हुने प्रतिक्रिया दिएका छन् ।

घिमिरे लेख्छन्, ‘हास्य कलाकारहरुको बीचमा यस्तो कन्फ्लिक्ट अहिलेसम्म कहिल्यै भएको छैन र यो पनि वार्ता र संवादको माध्यमबाट हल हुनेछ । केदारप्रसाद घिमिरेले बताए । समाचार सकियो ।’

उनले उक्त मितिमा फिल्म नजुधाउनेबारे पहल भइरहेकोतर्फ संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...