मुख्य समाचार
तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली
तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली

। रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ ।

बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौंको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि चिकित्सकसहित आठजनाको समूह गोसाइँकुण्ड गएको हो ।


सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले डा सुशान हुमागाईंको नेतृत्वमा आठजनाको टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दिए ।

डा. हुमागाइँसँगै डा अन्जिला थापा, डा सावित्रा थापा, डा सूर्यप्रकाश जोशी, डा रेसिका श्रेष्ठ, मेडिकल विद्यार्थी जगत भट्ट, पोष्ट सहायक प्रकाश खत्री र सङ्घका प्रतिनिधि श्रीराम खत्री गोसाइँकुण्ड गएका छन् । उक्त समूहले १० दिन गोसाइँकुण्ड क्षेत्रमा सेवा गर्नेछ ।


‘उक्त टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्य सेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ’, प्रमुख कार्यकारी अधिकृत बस्यालले भने । सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए ।

सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गर्ने अध्यक्ष पराजुलीको भनाइ छ । समुद्र सतहदेखि चार हजार तीन सय ८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म मेला लाग्ने गर्दछ ।

उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइँकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुईपटक मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ । यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना ...
— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् । सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा ...
— नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आइतबार राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने भएका छन् । बर्दिया क्षेत्र नम्बर १ मा नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुने भएपछि उनले राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिन लागेका हुन् । गुलरियामा शनिबार बिहान राष्ट्रियसभा सदस्य भएर प्रतिनिधिसभाको उम्मेदवार हुन नपाउने भएकाले राजीनामा दिन लागेको बताए। बर्दिया क्षेत्र नम्बर १ बाट २०४८ ...
— मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ओरालीबाट ढोढरीतर्फ आउँदै गरेको ईभी गाडी र विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । बा प्र ०१–०३२च ७५५३ नम्बरको इभी गाडी विपरीत दिशातर्फ जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकल शुक्रबार राति करिब ९ बजे एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ । मोटरसाइकल ...
— जेन-जी सहिद परिवारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको गेटमा धर्ना दिएका छन् । मासिक जीवन निर्वाह भत्ता दिने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नभएको भन्दै सहिद परिवारहरू आन्दोलित बनेका हुन् । जेन-जी सहिद परिवार कल्याणकारी समाज समितिका सचिव रोशन गौतमका अनुसार विभिन्न मन्त्रालय धाइरहनु परेपछि बाध्य भएर प्रधानमन्त्री कार्यालयमै धर्ना बस्नुपरेको हो । 'अब कहिले यता मन्त्रालय, कहिले ...