मुख्य समाचार
एएफसी च्यालेन्ज लिगको समूह चरणमा पुग्न चर्च ब्वाइज र पारो एफसी खेल्दै
एएफसी च्यालेन्ज लिगको समूह चरणमा पुग्न चर्च ब्वाइज र पारो एफसी खेल्दै

। एएफसी च्यालेन्ज लिग प्लेअफमा आज नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । खेलको विजेता एएफसी च्याल्नेज लिगको समूह चरणमा पुग्ने भएकोले दुवै टोलीका लागि महत्वपूर्ण छ ।




राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङको कप्तानीमा रहेको चर्च ब्वाइजले करिब एक महिनादेखि यही खेलका लागि तयारी गरेको छ ।

राष्ट्रिय टिमका अधिकांश खेलाडी समावेश गरेको चर्चा ब्वाइजमा ३ मात्र विदेशी खेलाडी छ ।



उता किन्ले वाङचुकको कप्तानीमा रहेको पारो टोलीमा जापानिस स्टार केसुके होन्डा मुख्य केन्द्रविन्दुमा रहेको छ । पारोले होन्डाहसित ११ विदेशी खेलाडी टिममा राखेको छ । यसअर्थमा यो राष्ट्रिय टोलीका खेलाडी भर्सेस विदेशी खेलाडीको खेल जस्तो पनि देखिनेछ ।

चर्च ब्वाइजका मुख्य प्रशिक्षक बागोपाल महर्जनले पारोमा धेरै विदेशी हुँदा खेल्न गाह्रो हुने भए पनि आफूहरुले शतप्रतिशत दिएर खेल्ने बताएका छन् । यस्तै कप्तान अनन्तले पनि विपक्षी टोलीमा को छ भनेर नाम नहेरी आफ्नो योजना र रणनीति अनुसार खेल्ने बताएका छन् ।

पारोका प्रशिक्षक पुष्पलाल शर्माले पनि टिममा वर्ल्ड क्लास प्लेअर रहेपनि टिम बन्डिङ र टिम कोअर्डिनेसन महत्वपूर्ण हुने भन्दै चर्च ब्वाइज विरुद्धको खेल गाह्रो हुने बताएका थिए ।

उनले पछिल्लो पटक नेपालमा खेल्न आउँदा मछिन्द्र एफसीसँग पराजित भएपनि यस पटक नतिजा सुधार गर्ने लक्ष्य रहेको बताएका छन् । प्रशिक्षक शर्माले नेपालको मौसम र मैदानको कन्डिसनले गर्दा खेल्न केही कठिन हुने बताएका छन् ।

चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि महादेशिय क्लब प्रतियोगितामा डेब्यु गर्न लागेको हो । च्यालेन्ज कप प्लेअफको विजेता मुख्य समूह चरणमा प्रवेश गर्नेछ र विजेताले एक लाख डलर प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...