मुख्य समाचार
भलिबल खेलाडीलाई पुरस्कार सिफारिस, १४ जनाले ३/३ लाख रुपैयाँ पाउने
भलिबल खेलाडीलाई पुरस्कार सिफारिस, १४ जनाले ३/३ लाख रुपैयाँ पाउने

: सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई नगद पुरस्कार सिफारिस गरिएको छ।



राष्ट्रिय खेलकुद परिषद्ले उपविजेता खेलाडीलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सफारिस गरेको हो। राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको यही साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि सिफारिस गरेको हो।

राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन्। यस्तै मुख्य प्रशिक्षकले दुई लाख, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।


साउन १७ गते देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो।
यस्तै सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनल पुगेको नेपाली टोली भारतसँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। फाइनलमा नेपाल ३–२ सेटमा पराजित हुँदै उपाधिबाट विमुख भएको थियो। राउन्ड रोबिन लिगमा भने नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो।

यसअघि सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो। त्यतिबेला नेपाल ३–२ सेटमा स्तब्ध बनेको थियो। यसैगरी गत वर्ष नेपालमै आयोजना भएको काभा नेसन्स लिग र १९औं एसियाली खेलकुदमा पनि नेपाल भारतसँग पराजित भएको थियो।

नेपालमै भएको काभा नेसन्स लिगमा नेपाललाई भारतले ३–१ सेटले पराजित गरेको थियो। यस्तै चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा पनि नेपाल भारतसँग ३–१ सेटमै पराजित भएको थियो। काभा वुमन्स नेसन्स लिगमा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्सको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...