मुख्य समाचार
मनोविज्ञान : ‘गुगल डाक्टर’ले निको बनाउने होइन, बिरामी बनाउन सक्छ
मनोविज्ञान : ‘गुगल डाक्टर’ले निको बनाउने होइन, बिरामी बनाउन सक्छ

मेरो घाउ निको भएन के गर्ने ? मेरो पेट असाध्यै दुख्यो के गर्ने ? मलाई राति निद्रा पर्दैन के गर्ने ?

अहिले हामीसँग सजिलो उपाय छ गुगल । गुगल सर्च इन्जिनमा गएर आफ्नो समस्या खोजेपछि भटाभट त्यसको जवाफ आउन थाल्छ । प्रविधिको उपलब्धताले गर्दा यी कुराहरु सहज र सम्भव भएका छन् । आफूलाई जरुरी जानकारी प्राप्त गर्न गुगल एक सहयोगी हुनसक्छ ।


तर यो पूर्णतया भरपर्दो भने नहुन सक्छ । जबकि मान्छेहरु गुगलमा देखिने नतिजा हेरेर आफ्नो समस्याबारे आकलन गर्छन् । त्यति मात्र होइन, आफूखुसी औषधि खान थाल्छन् । यस किसिमको प्रवृत्ति अहिले व्यापक छ । गुगलमा आउने यस किसिमको सामग्रीलाई चाहिं चलनचल्तीमा ‘गुगल डाक्टर’ भन्न थालिएको छ ।

हामीले प्रयोग गर्ने मोबाइल तथा इन्टरनेटबाट हरेक कुराको जानकारी उपलब्ध त हुन्छ । तर ती जवाफ तथा जानकारी सही वा गलत हुन् भन्ने कुराको निर्णय भने मानिसले आफ्नो विवेकले नै छुट्यानुपर्छ ।



‘रोगको डर’ भन्ने रोग सामान्य बन्दै गएको छ

हिजोआज मानिसहरूले मोबाइल फोन मार्फत गुगलमा आफ्नो लक्षण र रोगबारे धेरै प्रश्न सोध्छन् र लेख, अडियो, भिडियोको रुपमा ती प्रश्नहरूको जवाफ पनि पाउँछन् ।

टाउको दुख्नुको कारण के हो भनेर गुगललाई सोध्दा यसले जवाफमा धेरै कारण दिन्छ । एउटा कारण ब्रेन ट्युमर वा माइग्रेन हो भनेर जवाफ भेटिन्छ । त्यसपछि मस्तिष्कले खतराका लक्षणतिर बढी प्राथमिकता दिन्छ र त्यसलाई तत्काल स्मरणमा राख्छ । टाउको दुख्नुमा यी दुई मुख्य कारक पनि हुनसक्ने थाहा पाएपछि अन्य कारणले टाउको दुखेपनि डर लाग्न थाल्छ । निद्रा लाग्दैन, बेचैनी सुरु हुन्छ । रक्तचाप बढ्न थाल्छ र व्यक्ति नयाँ रोग ‘रोगको डर’ बाट ग्रस्त हुन थाल्छ ।

यसरी स्वस्थ मानिस पनि बिरामी हुन्छ

सामान्य मानिसहरूलाई स्वास्थ्यको बारेमा धेरै ज्ञान हुँदैन, उनीहरूलाई थाहा हुँदैन कि कुन जानकारी लिने र कुन कुरालाई बेवास्ता गर्ने । त्यसैले स्क्रिनमा देखाइएका भिडियो र लेखहरूलाई पूर्ण रूपमा सत्यको रूपमा स्वीकार गर्छन् र त्यसपछि आफूलाई रोगी सम्झन थाल्छन् । यस्तो समस्यालाई साइबरकन्ड्रिया वा कम्प्युकन्ड्रिया भनिन्छ । यसको मतलब यी सबै जानकारीबाट डराएर व्यक्तिले आफूलाई ठूलो रोगको बिरामी घोषणा गर्छ ।

यसरी बुझौं, कुनै प्रतिष्ठित डाक्टरले गलत डायग्नोसिस गरेर कोही व्यक्तिलाई कुनै रोगको बिरामी घोषित गरे भने अब त्यो रोग नभए पनि लक्षण देखिन थाल्छ । उदाहरणका लागि यदि एक प्रसिद्ध डाक्टरले पेटमा अल्सर भएको बताए भने अल्सरको लक्षण अनुभव हुन थाल्छ । डाक्टर जति भरपर्दो हुन्छन्, लक्षणहरू त्यति नै सही लाग्छन् ।

यदि कसैले मोबाइलमा देखाइएका वा लेखिएका सबै कुरालाई सत्य मान्यो र दिएको ज्ञानलाई पूर्ण सत्य मान्यो भने त्यो रोगको लक्षण उसमा पनि देखिन थाल्छ ।

कम्प्युटर र मोबाइलबाट मात्रै रोगको डर लाग्दैन । यो आपसी कुराकानीबाट पनि मानिसहरूमा फैलिन्छ । उदाहरणका लागि एउटा साथीले मलाई छातीमा दुख्छ यो हृदयाघातको लक्षण जस्तो लाग्छ भन्यो भने अर्को साथीलाई पनि ग्यास्ट्राइटिसको दुखाइ छ भने उसले त्यसलाई हृदयघातको दुखाइ हो भन्ने मान्छ । त्यसपछि भविष्यको चिन्ता र आफ्नो परिवारको बारेमा सोचेर आफैंमा डर पैदा गर्छ ।

रोगको डरले सताएको बिरामीलाई चिनेको डाक्टरले ‘तपाईंलाई केही रोग छैन’ भन्दिए भने उसले बुझ्छ कि डाक्टरले उसलाई राम्ररी जाँचेको छैन वा ऊ नडराओस् भने त्यसो भनेको हो । मलाई गम्भीर रोग लागेको छ भन्ने सोचको साथ उसले डाक्टरपछि डाक्टर बदल्छ र आफ्नो डर बढाउँछ ।

डराएको बिरामीले के गर्छ ?

आफ्नो रोगको डरले यस्ता बिरामीले डाक्टरलाई धेरै महँगो परीक्षण गराउन अनुरोध गर्छन् । हल्का ग्यास्ट्राइटिसको समस्या भएका बिरामीले डाक्टरलाई इन्डोस्कोपी गर्न अनुरोध गर्छन् ।

हल्का टाउको दुख्ने समस्या भएका बिरामीले एमआरआईको लागि सोध्छन्, घाँटी दुख्ने बिरामीले आफ्नो घाँटीको सिटी स्क्यान गर्न अनुरोध गर्छन् । सबै परीक्षण होस् र उसको डर अन्त्य होस् भन्ने चाहन्छन् ।

धेरै बिरामीलाई परीक्षण गर्दा फाइदा पनि हुन्छ, किनकि उनीहरूको डर हट्छ जब उनीहरूले आफ्नो रिपोर्ट सामान्य पाउँछन् । तर धेरै बिरामीमा यी परीक्षणहरू प्रभावकारी हुँदैनन् किनभने तिनीहरूको डरमध्ये एक डर कम भए पनि केही दिनपछि अर्को रोगको डर लिएर फर्कन्छन् ।

कसैलाई टाउको दुख्ने समस्या छ भने ब्रेन ट्युमर हो कि भनेर डराउँछन् । यसका लागि एमआरआई गराउँछन् । रिपोर्ट सामान्य आएपछि ट्युमरको डर हट्छ । तर केही समयपछि पेट दुख्यो भने पेटको क्यान्सर हो कि भनेर चिन्ता गर्छन् । एउटा रोगको डर हटेपछि अर्को रोगको डर सुरु हुन्छ । उनीहरूको डरको शृङ्खला बढ्दै जान्छ ।

डरको उपचार कसरी गर्ने ?

रोगको डरबाट बच्न सबैभन्दा पहिले अनावश्यक खोज र जानकारीबाट आफूलाई बचाउनुपर्छ । रोगको शंका लाग्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ । डाक्टरले कुनै रोग पत्ता लगाएमा उपचार गराउनुपर्छ ।

सानो सानो कुरा पनि गुगलमा खोज्ने बानी नै हुन्छ कसैको । यस्तो बानीलाई हटाउन अरू उपाय पनि अपनाउन सकिन्छ । यदि आफूलाई गुगल नगर्दा छटपटी र तनाव महसुस हुन्छ भने आफ्नो नजिकको व्यक्तिसँग कुरा गर्न सकिन्छ वा अरू कुनै काममा सक्रिय हुन सकिन्छ ।

चाहिने भन्दा बढ्ता जानकार हुँदा पनि कहिलेकाहीं तनाव सिर्जना हुन्छ । कुनै पनि जानकारीले आफूलाई एकदमै छटपटी या मन एकदम अशान्त भएको छ भने मेडिटेसन पनि गर्न सकिन्छ । यसले आफ्नो मस्तिष्कमा कस्ता खालका विचार आउँदै छ र त्यसले शरीरमा कस्तो प्रभाव पार्दैछ त्यसको मूल्यांकन गर्न सहयोग गर्छ ।

रोगसँग डराउनु भन्दा उपचार गराउनु बढी महत्वपूर्ण हुन्छ । चिकित्सकले राम्ररी जाँचेर रोग छ कि छैन भन्छन् भने त्यसलाई स्वीकार गर्नुपर्छ । तब यो डरको समस्याबाट बचेर स्वस्थ र सुरक्षित जीवन जिउन सकिन्छ ।

यदि कुनै पनि स्वास्थ्य जानकारीले मनमा डर उत्पन्न भएमा त्यो डर, तनाव काम गर्नलाई साना साना उपाय जस्तै- खुला आकाशमा जाने, कसैसँग आफ्नो खुल्दुली, भावना व्यक्त गर्ने र श्वासप्रश्वास सम्बन्धी व्यायाम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नो पहिलो एआई–सञ्चालित वेब ब्राउजर ʻच्याटजीपीटी एटलसʼ लन्च गरेको छ। यसलाई धेरै विश्लेषकले गुगल क्रोमको सबैभन्दा ठुलो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन्। कम्पनीका सीईओ साम अल्टम्यानले एटलसले परम्परागत ब्राउजर अनुभवलाई पूर्ण रूपमा रूपान्तरण गर्ने बताए। यसले ठेगाना पट्टीको सट्टा सिधै च्याटजीपीटी इन्टरफेसबाट काम गर्ने उनले बताए। एटलसको पहिलो संस्करण हाल एप्पल ...
: दोलखाको गौरीशंकर गाउँपालिका–९ नाँ गाउँमा नेपाल टेलिकमको सेवा पुगेको छ। नेपाल टेलिकमले गाउँमा नमस्तेको मोबाइल टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो। योसँगै नाँ गाउँका बासिन्दाले पहिलोपटक मोबाइल नेटवर्कमार्फत सञ्चार सुविधा पाउन थालेका छन्। नेपाल टेलिकमको सेवा सुचारु भएपछि गाउँमा सञ्चार सहज र प्रभावकारी बनेको वडा नं. ९ का वडाअध्यक्ष निमागेली शेर्पाले बताए। टेलिकम सेवाको विस्तारले ...
। विश्वकै सबैभन्दा चर्चित तथा धनी युट्युबर मिस्टर बिस्ट अर्थात् जिमी डोनाल्डसनले आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यदि एआई टूलहरुले मानिसले जत्तिकै वा त्यो भन्दापनि उत्कृष्ट गुणस्तरको भिडियो बनाउन थालेमा आगामी दिनमा यो युट्युब क्रियटरहरुको भविष्यका लागि ठूलो खतरा बन्न सक्दछ । मिस्टर बिस्टले सोसल मिडिया प्लाटफर्म एक्समा लेखेका छन्ः एआईबाट ...
यस वर्षको मनसुनले असोजको अन्त्यतिर अप्रत्याशित रूपमा भारी वर्षा ल्याएर ठूलो धनजनको क्षति भयो । मौसम सफा रहनुपर्ने महिना भए पनि लगातार दुई वर्ष उही समयमा ठूलो वर्षा भएको छ र जनधनको क्षति हुन पुगेको छ । त्यसो त सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सरकारले निकै सक्रियता देखायो । जनधनको क्षति भए पनि सरकारको सक्रियताले प्रशंसा पाइरहेको बेला मौसम पूर्वानुमानन ...
: अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेक अकाउन्ट बनाएको पाइएको छ। प्रधानमन्त्रीको नाम उल्लेख गरी फेक आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार पोष्ट गरेको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माले यस किसिमका गैरकानुनी कार्य गर्नेलाई कानुनबमोजिम कारवाही हुने बताए। उनले भने,' प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी ...