मुख्य समाचार
शेख हसिनाले दिइन् प्रतिक्रिया : आन्दोलनमा विदेशी शक्तिको हात
शेख हसिनाले दिइन् प्रतिक्रिया : आन्दोलनमा विदेशी शक्तिको हात

। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् ।

आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’


बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भनेका छन् । अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो ।

उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् ।



द प्रिन्टका प्रतिनिधिले हेरेको भनिएको वक्तव्यमा हसिनाले अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिइएको समाचारमा उल्लेख छ ।

२४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए ।

दुई महिनादेखि चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि २१ साउनमा राजीनामा दिँदै हसिना प्रधानमन्त्री निवासबाटै हेलिकप्टरमार्फत देशबाहिर निस्किएकी थिइन् ।

हाल भारतमा रहेकी उनले आफ्नो वक्तव्यमा भनेकी छन्, ‘मैले राजीनामा दिएँ ताकी मैले शवहरुको जुलुस देख्नु नपरोस् । उनीहरु विद्यार्थीको शरीरमार्फत शक्तिमा आउन चाहन्थे, मैले त्यसलाई अनुमति दिइन ।’

‘म देशमा थिएँ भने अहिले झन् धेरैको मृत्यु हुन्थ्यो होला, धेरै सम्पत्तिमा क्षति पुग्थ्यो होला’, उनले भनेकी छन् । उनले भारतमा अर्को साता सञ्चारमाध्यमहरुसँग आफ्नो भनाइ राख्ने समेत अनुमान गरिएको छ ।

आरक्षणको विरोधमा बंगलादेशमा भएको आन्दोलनमा कम्तीमा ३०० जना मारिएका थिए ।

‘म छिट्टै फर्किन्छु’

उनले वक्तव्यमा आफू छिट्टै फर्किने भनेको समेत द प्रिन्टले उल्लेख गरेको छ ।

‘म छिट्टै फर्किन्छु, हार मेरो हो, तर जित बंगलादेशका नागरिकहरुको हो’, उनले भनेकी छन्, ‘मैले आफैंलाई हटाएँ, तर तपाईंहरुको जितका साथ आएँ । तपाईंहरु मेरो शक्ति हुनुहुन्थ्यो, तपाईंहरु मलाई चाहनु हुन्थेन । त्यसैले मैले छाडेँ, राजीनामा दिएँ ।’

उनले अगाडि भनेकी छन्, ‘मेरा जति पनि कार्यकर्ता छन्, उनीहरुको मनोबल गिर्दैन, अवामी लिग पटकपटक उठेको छ ।’ हसिनाले आफ्नो भनाइलाई बंग्याएर प्रस्तुत गरिएको आरोप पनि लगाइन् ।

‘म मेरा युवा विद्यार्थीहरुलाई दोहोर्‍याउन चाहन्छु, मैले कहिल्यै रजाकर भनेको थिइनँ, मेरो शब्दहरु बंग्याइए’, उनले भनेकी छन्, ‘एउटा समूहले तपाईंहरुको खतराको फाइदा उठायो ।’

सन् १९७१ को युद्धमा बंगलादेश स्वतन्त्र हुनुअघि पाकिस्तानी सेनालाई सहयोग गर्ने समूहलाई रजाकार भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— बंगलादेशमा लोकप्रिय विद्यार्थी नेताको निधनपछि प्रदर्शन चर्किएको छ। परिस्थिति नियन्त्रणबाहिर पुगेपछि शुक्रबार प्रहरी तथा अर्धसैन्य दस्तालाई ढाकासहित विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। बिहीबार राति देशभर हिंसा, तोडफोड तथा आगजनीका घटना भएका थिए। दुई लोकप्रिय सञ्चारमाध्यम प्रोथोम आलो र डेली स्टार को कार्यालयमा पनि प्रदर्शनकारीले निशाना साँधेका छन्। आगामी फेब्रुअरी १२ मा बंगलादेशमा आम चुनाव हुने तय ...
— अमेरिकी सुरक्षा प्रमुख क्रिस्टी नोमले बिहीबार ब्राउन युनिभर्सिटीमा सामूहिक गोलीबारीमा संदिग्ध क्लाउडियो नेभेस भ्यालेन्टेले प्रयोग गरेको भन्दै ग्रिन कार्ड लटरी निलम्बन गर्ने आदेश दिएका छन् । पोर्चुगलका नागरिक नेभेस भ्यालेन्टे माथि डिसेम्बर– १३ मा आइभी लिग स्कुलको भवनमा आक्रमण गरी परीक्षामा बसेका विद्यार्थी माथि गोली चलाएको आरोप लगाइएको छ । जसमा दुई जनाको मृत्यु भएको ...
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम