मुख्य समाचार
पेरिस ओलम्पिकको महिला म्याराथनमा सन्तोषी ७९औं स्थानमा
पेरिस ओलम्पिकको महिला म्याराथनमा सन्तोषी ७९औं स्थानमा

। पेरिस ओलम्पिक २०२४ को महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठले ७९ औं स्थानमा रहेर दौड पूरा गरेकी छन् ।

पहिलो पटक ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाएकी उनले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेण्डमा पूरा गरिन् ।




राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेपनि सन्तोषी त्यसमा सफल भइनन् । उनले जनवरीमा ढाकामा भएको बंगबन्धु म्याराथनमा २ घण्टा ४६ मिनेट २२ सेकेन्डको कीर्तिमानी समयमा स्वर्ण जितेकी थिइन् ।

दश दिनअघि नै पेरिस पुगेर त्यहाँको वातावरणमा घुलमिल भएकी सन्तोषीले म्याराथन कोर्स कठिन भएपनि म्याराथन दौड भने पूरा गरिन् । यस इभेन्टमा ११ खेलाडीले म्याराथन बीचमै त्यागेका थिए ।



नेदरल्याण्ड्सकी सिफान हसनले २ घण्टा २२ मिनेट ५५ सेकेण्डको ओलम्पिक कीर्तिमानी समय निकाल्दै म्याराथनमा स्वर्ण जितिन् । यसअघि सन् २०१२ को लण्डन ओलम्पिकमा इथियोपियाकी टिकी गेलनाले २ घण्टा २३ मिनेट ०७ सेकेण्डको कीर्तिमान राखेकी थिइन् ।

हसनले पेरिस ओलम्पिकमा तीन इभेन्टमा प्रतिस्पर्धा गर्दा तीनवटैमा पदक जितिन् भने म्याराथनमा स्वर्ण जितेकी हुन् । उनले यसअघि महिला ५ हजार र १० हजार मिटरमा कांस्य जितेकी थिइन् ।

इथियोपियाकी टिग्स्ट हसफाले २ घण्टा २२ मिनेट ५८ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितिन् भने केन्याकी हेलेन ओबिरीले २ घण्टा २३ मिनेट १० सेकेण्ड समय निकाल्दै कांस्य जितिन् ।

महिला म्याराथनमा विश्व कीर्तिमान भने केन्याकी पेरेस जेपचिरचिरको नाममा छ । उनले सन् २०२४ अप्रिलमा २ घण्टा १६ मिनेट १६ सेकेण्डमा म्याराथन पूरा गर्दै विश्व कीर्तिमान बनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...