मुख्य समाचार
पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका
पेरिस ओलम्पिक आज अन्तिम दिन, शीर्ष बन्ने होडमा चीन र अमेरिका

। फ्रान्सको पेरिसमा भइरहेको पेरिस ओलम्पिक २०२४ आज सकिंदैछ ।

२६ जुलाईमा औपचारिक रुपमा उद्घाटन भएको पेरिस ओलम्पिक दुई साताको रमाइलो प्रतिस्पर्धापछि समापन नजिक आइपुगेको हो ।

अन्तिम दिन १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा अधिकांश इभेन्ट महिलातर्फको फाइनल खेल रहेका छन् । आज महिला म्याराथन, महिला बास्केटबल, महिला भलिबल, महिला बास्केटबल जस्ता समूह खेलको स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ ।

आज साइक्लिङ ट्रयाक र रेस्टलिङमा ३-३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ भने एथ्लेटिक्स, बास्केटबल महिला, ह्याण्डबल पुरुष, मोर्डन पेन्टाथलन महिला, भलिबल महिला, वाटरपोलो पुरुष तथा भारोत्तोलन महिला (८१ केजीमाथि)मा एक-एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

महिला म्याराथनमा नेपालबाट सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन् । नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ६ खेलाडीको खेल भइसकेको छ ।

पदक तालिकामा चीन र अमेरिकाको शीर्ष स्थानमा रहने भन्ने होडबाजी छ । अन्तिम दिनको प्रतिस्पर्धाअघि चीन ३९ स्वर्ण जितेर शीर्ष स्थानमा छ भने अमेरिका ३८ स्वर्ण जितेर पछ्याइरहेको छ ।

चीनले २७ रजत र २४ कांस्यसहित९० पदक जितेको छ । यस्तै अमेरिकाले ४२ रजत र ४२ कांस्य पनि जितेको छ र कुल १२२ पदक जितेको छ ।

अष्ट्रेलिया १८ स्वर्ण, १८ रजत र १४ कांस्यसहित ५० पदक जितेर तेस्रो स्थानमा छ । जापानले १८ स्वर्ण, १२ रजत र १३ कांस्यसहित ४३ पदक जितेर चौथो स्थानमा छ ।

आयोजक फ्रान्स पाँचौ स्थानमा छ । फ्रान्लसे १६ स्वर्ण, २४ रजत र २२ कांस्यसहित ६२ पदक जितेको छ ।

बेलायत १४ स्वर्ण, २२ रजत र २७ कांस्य गरी ६३ पदक जितेर छैटौं स्थानमा छ ।

दक्षिण कोरिया र नेदरल्याण्ड्स समान १३ स्वर्ण जितेर क्रमश: सातौं र आठौं स्थानमा छन् भने १२ स्वर्ण जितेको जर्मनी नवौं र इटली ११ स्वर्णसहित दशौं स्थानमा छ ।

शीर्ष दशमा एसियाबाट ३, युरोपबाट ५ तथा अमेरिका र अष्ट्रिया छन् ।

दक्षिण एसियाली राष्ट्रमध्ये स्वर्ण जित्ने एक्लो राष्ट्र पाकिस्तान ६३औं स्थानमा छ । पाकिस्तानले पुरुष ज्याभलिन थ्रोमा स्वर्ण जितेको थियो । भारत १ रजत र ५ कांस्यसहित ६ पदक जितेर ७१औं स्थानमा छ । अहिलेसम्म पेरिस ओलम्पिकमा सहभागी २०६ मध्ये कुल ९१ राष्ट्रले पदक जितेका छन् ।

पेरिस ओलम्पिकको समापन समारोह स्टेड डे फ्रान्समा राति ९ बजे सुरु हुनेछ । समापन समारोहमा चार वर्षपछिको ओलम्पिक आयोजक लस एन्जल २०२८ लाई ओलम्पिक झण्डा हस्तानतरण गरिनेछ ।

पेरिस ओलम्पिक सकिएपछि सबैको नजर २८ अगष्टदेखि सुरु हुने पेरिस पारालिम्पिकमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...