मुख्य समाचार
संकटमा देशले खोजेको नेता- युनुस
संकटमा देशले खोजेको नेता- युनुस

लघुवित्त कार्यक्रम सुरुवात गरेर विश्व प्रसिद्ध नोबेल पुरस्कार प्राप्त व्यक्तित्व डा. प्रोफेसर मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेका छन्। यो खबरले मन उत्साहित बनायो।

बंगलादेशका विद्यार्थीले समानताको हकको लागि सुरुवात गरेको हिंसात्मक आन्दोलनबाट ३०० जना भन्दा बढी व्यक्तिहरूले शहादत प्राप्त गरेपश्चात् बंगलादेशमा नयाँ राजनीतिक घटनाक्रम विकास भएको हो। नयाँ सन्दर्भमा आन्दोलनरत सरकारकै प्रस्तावमा युनुस अन्तरिम सरकारको प्रमुख सल्लाहकार चयन भएका हुन्।


२८ जून १९४० मा जन्मिएका युनुस एक सामाजिक उद्यमीका साथै बैंकर र अर्थशास्त्री पनि हुन्। सन् १९६१ मा बीचमा बंगलादेशको चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्रको अध्ययन गरेका उनले वेन्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरे। अध्ययनपछि स्वदेश फर्किएर ग्रामीण बैंक स्थापना गरेका उनले लघु ऋण कार्यक्रम पनि सुरु गरे।

गरिबी निवारणमा पुर्‍याएको योगदानका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए। युनुसले सन् १९८३ मा स्थापना गरेको ग्रामीण बैंकले गरिबहरूलाई लघु कर्जा उपलब्ध गराउँथ्यो।



सन् १९७४ मा ढाका युनिभर्सिटीमा अर्थशास्त्र अध्यापन गराइरहँदा उनलाई लाग्यो कि पढाएर मात्र देशको गरिबी अन्त्य हुँदैन। उनी अर्थशास्त्र पढाउन छाडेर अत्यन्त विपन्न परिवारलाई समूहमा आबद्ध गराई विना धितो ऋण दिने र क्रमशः बचत गर्ने बानीको विकास गर्न थाले। यसैको जगमा लघुवित्त बैंकको आधार बन्यो। संसारभर विपन्नलाई वित्तीय पहुँच अभिवृद्धि गर्न सफल ग्रामीण मोडेलमा सञ्चालित लघुवित्त कार्यक्रमलाई प्रवर्धन गर्ने श्रेय डा. युनुसलाई जान्छ।

सन् २००९ मा युनुस यूनाइटेड स्टेट्स प्रेसिडेन्शियल मेडल अफ फ्रिडमबाट सम्मानित हुनुका साथै सन् २०१० मा कंग्रेशनल गोल्ड मेडल पाए। अनेकौं अवार्ड र पुरस्कार पाएपछि राजनीतिमा प्रवेश गरेका उनले सन् २००७ को फेब्रुअरी १८ मा नागरिक शक्ति पार्टी खोले।

उनको राजनीतिक यात्राबाट आत्तिएको शेख हसिना सरकारले युनुसलाई अनेकौं आरोप लगायो र जेलमा कोच्ने प्रयास गर्‍यो।

सन् १९८३ मा गरिबहरूको बैंक भनेर चिनिने ग्रामीण विकास बैंक स्थापना गरी लघुवित्त मार्फत विपन्न परिवारहरूलाई सामाजिक रूपमा सशक्त बनाउँदै आर्थिक रूपमा स्वाबलम्बी बनाउन ग्रामीण विकास बैंकको भूमिका महत्वपूर्ण छ।

‘कर्जा’ मानव जीवनमा आर्थिक विकासको लागि अपरिहार्य छ। कर्जाको उचित सदुपयोग गर्न सके मात्र समाजमा आर्थिक उन्नति सम्भव छ भन्ने मान्यतालाई आत्मसात् गरी अति विपन्न परिवारका महिलाहरूलाई विना धितो कर्जा दिने सफल ‘ग्रामीण मोडेल’ हाल संसारभर १०० भन्दा बढी देशहरूमा लागू भएको छ।

बंगलादेशमा ९० लाखभन्दा बढी सक्रिय सदस्य रहेको ग्रामीण बैंकमा ९७ प्रतिशत महिलाहरू लघुवित्त कार्यक्रममा आबद्ध भई बचत, ऋण, बीमा, रेमिट्यान्स, उद्यमशीलता विकासको माध्यमबाट आर्थिक तथा सामाजिक रूपमा स्वाबलम्बी हुन सफल भएका छन्।

डा. प्रोफेसर मुहम्मद युनुसले हाल सुरुवात गरेको ‘३ शून्य’को अवधारणा पनि अत्यन्त सान्दर्भिक छ। शून्य गरिबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनलाई सबै देशहरूले आत्मसात् गर्न जरुरी छ। हाल उच्च बेरोजगारी, गरिबी तथा कार्बन उत्सर्जनको कारणले गर्दा पर्यावरण संरक्षण, युवाहरूमा बेरोजगारी र आर्थिक मन्दीको समयमा नयाँ आर्थिक तथा सामाजिक समस्या देखा परेका छन्।

विपन्न महिला, दलित, जनजाति तथा युवाहरू संसारभर यस समस्याबाट उच्च रूपमा प्रभावित छन् जसका कारणले विदेशिने युवाहरूको संख्या नेपालमा उच्च छ। उद्यमी, सामाजिक संघसंस्था, बैंक तथा वित्तीय संस्था तथा सरकार स्वयं पनि यी तीन मुख्य समस्यालाई प्राथमिकतामा राखी योजना बनाएर रोजगारी सिर्जना गर्न लाग्नुपर्छ। विपन्नहरूलाई वित्तीय पहुँच अभिवृद्धि गर्नुपर्छ। साना तथा मझौला उद्यमीहरूलाई प्राथमिकतामा राखी व्यावसायिक सीप तथा सुलभ कर्जाको सुविधा सुनिश्चित गर्नुपर्छ। श्रमिकहरूको सामाजिक सुरक्षा तथा कार्बन उत्सर्जन गर्ने तत्वहरू पहिचान गरी विशेष योजना लागू गर्न सकेमा देशको विकास सम्भव छ।

बंगलादेश हाल दक्षिण एशियामा तीव्र रूपमा आर्थिक तथा भौतिक उन्नति गरिरहेको देश हो। विपन्न महिलाहरूलाई रोजगारी सृजना गरी विशेषगरी साना तथा मझौला उद्योगहरू सञ्चालन गर्दै कपडा, धागो, ऊन तथा कपडाजन्य सामग्रीहरू तीव्र रूपमा संसारभर निर्यात गरी आर्थिक स्थिति बनाउन लघुवित्त कार्यक्रम मार्फत युनुस मोडेल सफल भएको छ।

लाखौं लाख विपन्न परिवारका अवसरबाट वञ्चित धितो दिन नसक्ने परिवार पहिचान गरी सामाजिक व्यवसायको माध्यमबाट उक्त परिवारको आम्दानी वृद्धि गर्न युनुसले महत्वपूर्ण भूमिका खेले। युवाहरूलाई विद्यालय, कलेजहरूमा पठनपाठन गर्न प्रोत्साहित गरे। प्राविधिक कलेज तथा उद्योगहरू बंगलादेशका विभिन्न जिल्लाहरूमा सञ्चालन गरी महिलाहरूलाई सीप तथा युवाहरूलाई रोजगारी दिने सफल व्यक्तित्व डा. युनुसको लोकप्रियता बंगलादेशमा व्यापक छ। अहिलेको राष्ट्रिय संकटमा समेत त्यही भएर उनी पहिलो रोजाइमा परे।

नेपालमा पनि बंगलादेशमा जस्तै साना तथा मझौला उद्यमहरू संरक्षण गर्दै लघुवित्त कार्यक्रमको प्रभावकारिता विस्तार गर्न सकेमा मात्र अति विपन्न परिवारका युवा तथा महिलाहरूलाई रोजगारी सृजना गर्न सकिन्छ। यसबाट मात्र समग्र देशको आन्तरिक अर्थतन्त्र बलियो हुँदै देश विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ। डा. युनुसलाई शुभकामना !

(पोखरा विश्वविद्यालयमा विकास अध्ययनमा स्नातकोत्तर लेखक मातृभूमि लघुवित्त वित्तीय संस्थाका सहायक महाप्रबन्धक हुन्।)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम