मुख्य समाचार
११ वर्षमै चिनियाँ खेलाडीले गरिन् ओलम्पिकमा प्रतिस्पर्धा
११ वर्षमै चिनियाँ खेलाडीले गरिन् ओलम्पिकमा प्रतिस्पर्धा

। सन् २०१२ लन्डन ओलम्पिकको अन्तिम दिन जन्मिएकी चिनियाँ खेलाडी ११ वर्षीया झेङ हाओहाओ पेरिस २०२४ ग्रीष्मकालीन ओलम्पिकको सबैभन्दा कान्छी खेलाडी हुन् ।

उनले स्केटबोर्डिंङमा प्रतिस्पर्धा गर्दै प्रारम्भिक चरणमा ६३.१९ को स्कोरका साथ १८ औं स्थानमा अन्त्य गरिन् । यस खेलको स्वर्ण अष्ट्रेलियाकी अरिसा ट्रवले जितिन् ।


चिनियाँ खेलाडी झेङले ७ वर्षको उमेरमै स्केटबोर्डिङ सिक्न थालेकी थिइन् । त्यसको चार वर्षमै इतिहासकै कम उमेरकी दोस्रो ओलम्पियन बनिन् । ओलम्पिक इतिहासमा सबैभन्दा कान्छो खेलाडी ग्रिकका डिमिट्रिओस लाउन्ड्रास हुन् ।

उनले जिमनास्टिक अन्तर्गत सन् १८९६ मा मात्रै १० वर्षको उमेरमा प्रतिस्पर्धा गर्दै कास्य जितेका थिए । आधिकारिक ओलम्पिकसँग भएको प्रमाणमा उनै हुन् ।



स्केटबोर्डिङ प्रतिस्पर्धामा ओलम्पिक २०२४ मा स्वर्ण जितेकी अरिसा १४, रजत जितेकी जापानकी कोकोना हिराकी १५ र कास्य जितेकी ग्रेट ब्रिटेनकी ब्राउन १६ वर्षकी हुन् ।

यसै इभेन्टको पुरुषतर्फ ५१ वर्षीय एन्डी माक्डोनाल्ड थिए । जसले झेङ जन्मिनुअघि एक्स गेम्समा ८ स्वर्ण जितेका थिए । तर माक्डोनाल्ड पेरिस ओलम्पिक २०२४ का सबैभन्दा अनुभवी खेलाडी होइनन् । घोडासवारमा स्पेनका जुआन एन्टोनिओ जिमेनेज ६५ वर्षको उमेरमा प्रतिस्पर्धा गरेका थिए । जुआन भन्दा झेङबीचको फरक ५४ वर्षको छ ।

अमेरिकाकी मार्जोरी गेस्टिङ ग्रीष्मकालीन ओलम्पिकमा सबैभन्दा कम उमेर १३ वर्षमा स्वर्ण जित्ने महिला खेलाडी हुन् । उनले सन् १९३६ मा थ्री मिटर स्प्रिङबोर्ड ड्राइभिङमा गोल्ड जितेकी थिइन् ।

झेङले यस पटक मार्जोरीलाई पछि पार्न सकिनन् । तर चार वर्षपछि हुने लस एन्जल्स ओलम्पिकमा १६ वर्षको उमेरमा उनलाई स्वर्ण जन्मदिन उपहार हुनसक्छ । यो हप्ता झेङलाई अझ विशेष हुनेछ । किनभने उनी १२ वर्ष लाग्दैछिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...