मुख्य समाचार
एट्लेटिको मड्रिडले सिटीका अल्भारेजलाई अनुबन्ध गर्ने
एट्लेटिको मड्रिडले सिटीका अल्भारेजलाई अनुबन्ध गर्ने

। स्पानिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब म्यानचेष्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई अनुबन्ध गर्ने भएको छ । अल्भारेजका लागि एट्लेटिकोले ८१.५ मिलयन पाउण्ड तिर्न सहमत भएको बीबीसीले जनाएको छ ।

एट्लेटिकोले सुरुमा ६४.४ मिलियन पाउण्ड तिर्ने र बाँकी १७.१ मिलियन पाउण्ड पछि तिर्नेगरी सहमति भएको हो ।




सिटीले कुनै पनि खेलाडीको बहिर्गमनबाट पार्ने यो कीर्तिमानी रकम हुनेछ । यसअघि चेल्सीले सिटीका रहिम स्टर्लिङका लागि ५० मिलियन पाउण्ड खर्च गरेको थियो ।

पेरिस ओलम्पिकमा अर्जेन्टिनाको यू २३ टिमबाट खेलेका अल्भारेजले ओलम्पिकपछि आफ्नो भविष्यको निर्णय गर्ने बताएका थिए ।



अर्जेन्टिना फ्रान्ससँग क्वाटरफाइनलमा पराजित हुँदै पेरिस ओलम्पिकबाट बाहिरिएको थियो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले २४ वर्षीय अल्भारेजलाई क्लबमै राख्न चाहेका थिए र नयाँ सिजनका लागि अल्भारेजलाई पनि गणना गरेको बताएका थिए ।

तर सिटीले क्लब छाड्ने कुनै पनि खेलाडीलाई रोक्ने प्रयास गरेको छैन । यसअघि इक्ले गुन्डोगान, रियाद महारेज र एमरेक लापोर्टाको हकमा पनि यस्तै भएको थियो ।

एट्लेटिको मड्रिडले चेल्सीका मिडफिल्डर कोनोर गालेघरलाई पनि अनुबन्ध गर्नका लागि सहमति गरिसकेको छ ।

अर्जेन्टाइन फरवार्ड अल्भारेजले सन् २०२२ मा रिभर प्लेटबाट सिटीमा अनुबन्ध भएका थिए । जहाँ उनले १०६ खेल खेल्दै ३६ गोल गरेका थिए ।

अल्भारेजले सिटीमा पहिलो सिजनमै क्लब ट्रेबल जितेका थिए । यस्तै सन् २०२० मा अर्जेन्टिनाले फिफा विश्वकप जित्दा उनी टिमको सदस्य थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...