मुख्य समाचार
बेलायतले भिसा नदिएपछि ‘सन अफ सरदार २’ बाट बाहिरिए सञ्जय दत्त
बेलायतले भिसा नदिएपछि ‘सन अफ सरदार २’ बाट बाहिरिए सञ्जय दत्त

। कहिलेकाहीं विगतले पनि मान्छेलाई नराम्रोसँग पछ्याउँछ । यो कुरा बलिउड अभिनेता सञ्जय दत्तलाई राम्रोसँग थाहा छ । अतीतको एक घटनाकै कारण दत्तले फिल्म ‘सन अफ सरदार २’ गुमाउनुपरेको छ ।

दत्त बाहिरिएपछि अभिनेता रवि किशन फिल्ममा अनुबन्धित भएका छन् । मिड-डेका अनुसार गत महिना बेलायतले अभिनेता दत्तको प्रवेशाज्ञा (भिसा) अस्वीकार गरिदिएपछि फिल्मको कास्टिङमा परिवर्तन गर्नुपरेको हो ।


यो कारण उनी बेलायत उड्न नसक्ने भएपछि निर्माताले सन् २०१२ को दोस्रो सिक्वेलको कास्ट बदलेका हुन् । फिल्ममा सञ्जयले खलनायकको चरित्र निर्वाह गर्ने तयारीमा थिए । फिल्मको शीर्ष भूमिकामा अजय देवगण र मृणाल ठाकुर तय छन् ।

विगतमा सञ्जयको कारावास सजायको कारण स्कटल्याण्डमा छायांकन हुने भनिएको फिल्मका लागि आवश्यक भिसा दिन बेलायतले अस्वीकार गरेको समाचारमा उल्लेख छ । स्रोतका अनुसार यसअघि पनि कैयौंपटक दत्तको बेलायतको भिसा अस्वीकृत भएको जनाइएको छ ।



बेलायतको भिसाको कारण सञ्जयको आगामी फिल्म ‘हाउसफुल ५’ को छायांकन तालिका पनि प्रभावित हुने निश्चित जस्तै छ, किनभने सेप्टेम्बरदेखि बेलायतमा यसको छायांकन तय छ । यही कारण निर्माता साजिद नाडियावालाले सञ्जयको भागको छायांकन मुम्बईमा हुने जनाएका छन् ।

अप्रिल १९९३ मा अभिनेता दत्तलाई टाडा (टीएडीए) र हतियार ऐन अन्तर्गत हिरासतमा राखिएको थियो । सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटको घटनामा संलग्न अन्य व्यक्तिबाट प्राप्त अवैध हतियार लिएर हतियार ऐन उल्लंघनमा उनी दोषी ठहरिएका थिए । उनलाई पाँच वर्षको जेल सजाय तोकिएको थियो ।

सर्वोच्च अदालतले मार्च २०१३ मा उनलाई पाँच वर्षको सजाय सुनायो । सन् २०१३ मा थुप्रै जमानत अवधिपछि उनले पूर्ण अवधि कैद सजाय पुरा गरे र सन् २०१६ मा रिलिज भए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...