मुख्य समाचार
साउथ स्टार विक्रमको एक्सन फिल्म ‘थङ्गलान’ साउन ३१ मा नेपालमा
साउथ स्टार विक्रमको एक्सन फिल्म ‘थङ्गलान’ साउन ३१ मा नेपालमा

। साउथ सुपरस्टार विक्रमको शीर्ष भूमिका रहेको तामिल-एक्सन-एड्भेन्चर फिल्म ‘ थङ्गलान : द सन् अफ गोल्ड’लाई नेपाली दर्शकले पनि हेर्न पाउने भएका छन् ।

ब्यांकटेस इन्टरटेनमेन्टले यो फिल्मलाई साउन ३१ गते नेपालमा रिलिज गर्न लागेको हो । यसअघिको ब्लकबस्टर साउथ फिल्म ‘केजीएफ’को सत्य कथामा आधारित रहेको भनिएको यो फिल्म दर्शकको पर्खाइमा छ ।


पा रन्जित निर्देशित फिल्ममा विक्रमसँगै माल्भिका मोहनन्, पार्वती थिरुवुथु, ड्यानियल काल्टागिरोन लगायतको प्रमुख अभिनय छ । भारतमा बेलायती उपनिवेशको समयमा एक उग्र आदिवासी नेता थाङ्गालनको कथा यसले भन्छ ।

आफ्नो गाउँमा सुनको खोजीका लागि ब्रिटिस सेनापति लर्ड क्लेमेन्टलाई सहयोग गर्न ऊ क्रोधित हुँदै जादूगर आरतीलाई रोक्न निस्कन्छ । यो फिल्म भारतीय स्वतन्त्रता संग्रामको छेकोमा विश्वभर १५ अगस्टमा प्रदर्शन हुन लागेको हो । विक्रमले थाङ्गलन र माल्भिकाले मोहननको भूमिकामा अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...