मुख्य समाचार
देशभर हैजा संक्रमितको संख्या ३० पुग्यो, उपत्यकामा मात्रै २० जना
देशभर हैजा संक्रमितको संख्या ३० पुग्यो, उपत्यकामा मात्रै २० जना

काठमाडौं । गत साउन यता देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको हो ।

सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौँमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। जसमध्ये प्युठानका दुई हैजा संक्रमितको जिल्ला अस्पतालमा प्युठानमा उपचार भइरहेको छ ।

सबैभन्दा बढी ५ देखि १४ वर्षका बालबालिकालाई हैजा संक्रमण भएको छ । महाशाखाका अनुसार ५ देखि १४ वर्षका ७ जना छन् । यस्तै १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना , ५५ देखि ६४ वर्ष र १४ वर्षमुनिका एक–एक जना हैजा देखिएको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन हैजाको प्रकोप नै देखिन सक्ने जोखिम देख्छन् । हालसम्म पुष्टि भएको संख्या भन्दा समुदायस्तरमा हैजाका बिरामी बढी हुनसक्ने उनको अनुमान छ ।

‘काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा हैजाका संक्रमित देखिएकाले पनि समुदायमा फैलिरहेको सहज अनुमान लगाउन सकिन्छ’, डा. पुनले अनलाइनखबरसँग भने, ‘किनकी त्यहीँको पानी वा खाद्यान्न अरूले पनि खाएका होलान्, त्यसकारण यो संख्या विस्तारै बढ्छ ।’

झाडापखालाको कारणमध्ये हैजाको संक्रमण सबैभन्दा गम्भीर हो । हैजाले छोटो समयमा नै जटिलता ल्याउनसक्छ । सरुवा रोग विशेष्ज्ञ डा. पुनका अनुसार दश संक्रमितमध्ये एक जनामा हैजाले जटिल अवस्था निम्त्याउने हुन्छ ।

चिकित्सकहरुका अनुसार लक्षणविहीन संक्रमितले संक्रमण फैलाउन प्रमुख भूमिका खेल्छ । बिरामी शौचालय गएपछि राम्रोसँग हात नधोएर अन्य व्यक्तिलाई खानेकुरा तथा पानी दिए हैजाको संक्रमण हुन सक्छ ।

हैजा भिब्रियो कोलेरा प्रजातिको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखाला रोग हो । हैजा दिसाको माध्यमबाट वातावरणमा फैलिन्छ र दूषित खाना वा पानीको माध्यमबाट अर्को व्यक्तिसम्म पुग्छ । हैजामा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् । गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्छ ।

यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।

हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाब पछि राम्रोसँग मिचीमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।

सरसफाइमा ध्यान दिनु नै हैजा रोकथामको प्रमुख विकल्प रहेको डा. पुन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...