मुख्य समाचार
बंगलादेशमा जेलमुक्त हुँदैछिन् विपक्षी दलकी नेता खालिदा जिया
बंगलादेशमा जेलमुक्त हुँदैछिन् विपक्षी दलकी नेता खालिदा जिया

। बंगलादेशका राष्ट्रपति मोहमद शहाबुद्दिनले जेलमा रहेकी पूर्वप्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेता खालिदा जियालाई थुनामुक्त गर्न आदेश दिएका छन् ।

विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री शेख हसिना राजीनामा दिँदै देश छाड्न बाध्य भएपछि राष्ट्रपति शहाबुद्दिनबाट यो आदेश आएको हो ।




बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सोमबार गरेको प्रतिपक्षी दलका नेताहरु सम्मिलित बैठकमा यो विषय उठेको र पूर्वप्रधानमन्त्री जियालाई यथाशिघ्र छाड्ने निर्णय भएको बंगलादेशको दैनिक पत्रिका द डेली स्टारले लेखेको छ ।

‘बैठकले विद्यार्थी आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई हिरासतमुक्त गर्ने निर्णय पनि गरेको छ’, समाचारमा भनिएको छ । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय सुनाइएको थियो ।



७८ वर्षीया जियाको स्वास्थ्य अवस्था पनि नाजुक रहेको बंगलादेशका स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । देश छाडेकी प्रधानमन्त्री शेख हसिनासँग जियाको लामो दुश्मनी छ ।

उनलाई भ्रष्टाचारको आरोप लागेपछि यो राजनीतिक रुपमा प्रेरित भएको भन्दै बीएनपीले आरोपहरु मिथ्या भएको बताएको थियो ।

जिया बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री हुन् । आफ्नो श्रीमान् एवं बंगलादेशका पूर्वराष्ट्रपति जिउर रहमान मारिएपछि जियाको राजनीतिक यात्रा सुरु भएको थियो । रहमानले १९७८ मा स्थापना गरेको बीएनपीमा उनी २ जनवरी १९८२ देखि संलग्न भएकी थिइन् ।

राजीनामा दिएकी प्रधानमन्त्री हसिना भने सोमबार हेलिकप्टरमार्फत भारततर्फ गएकी थिइन् । त्यसपछि उनी लण्डन जान सक्ने बताइएपनि हाल कहाँ छिन् कुनै विवरण सार्वजनिक भएको छैन ।

बंगलादेशमा सेनाले अहिले अन्तरिम सरकार गठनका लागि अग्रसरता लिएको छ । तर, यसको नेतृत्व कसले गर्छ भन्ने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम