मुख्य समाचार
हसिनाले हल्लाएको लोकतन्त्र
हसिनाले हल्लाएको लोकतन्त्र

बंगलादेशकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना वाजेदले देश छाडेर भाग्नु परेको छ। गएको जनवरीको आमचुनावबाट उनलाई अपार जनमत मिलेको थियो। तर त्यही जनमतको कदर गर्न नसक्दा प्रधानमन्त्रीले शासनको पूर्णकार्यकाल बिताउन पाउनु त परै देशमै बस्न सक्ने अवस्था रहेन।



लोकतन्त्र भनेको जनमतको कदर हो, मतादेशको आडमा जनमतको अपमान र दमन होइन भन्ने सन्देश बंगलादेशमा विगत एक महिनादेखि जारी जनविद्रोहले दिएको छ। त्यसैले नै पछिल्लोपटक तेस्रोपटकका निम्ति निर्वाचित प्रधानमन्त्री वाजेदले कार्यकालको एक वर्षमात्रै पूरा गर्न नपाउँदै सोमबार हेलिकोप्टर चढेर देश छाड्नु परेको हो। अब उनको इतिहास विश्वमै सबैभन्दा धेरै समय प्रधानमन्त्री भएकी महिलाको रूपमा मात्रै रहेन, निरंकुश, तानाशाही शासकको अवशानको इतिहास भएको छ। लगातार १५ वर्षदेखि शासन सत्तामा एकछत्र राज गरेकी हसिनाले महिना दिनअघि सुरु विद्यार्थी आन्दोलनलाई सम्बोधन गर्नु साटो दमन गर्दा नै देश छाड्ने परिस्थितिमा उनी पुगिन्। सरकारी जागिरमा आरक्षणविरुद्ध भनेर देखिएको जनप्रदर्शन खासमा भित्रभित्र हसिनाविरुद्ध विकसित जनमतको विस्फोट थियो। हसिना विरोधी प्रदर्शनको आगोको अत्यधिक प्रज्ज्वलनशील इन्धन उनको निरंकुश र तानाशाही शासन र देशमा बढ्दो भ्रष्टाचार, बेरोजगारी र महँगी थियो।

बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानकी छोरी हुन् हसिना। बाबुको त्यही विरासतबाट राजनीतिमा आउँदा सद्भावको मत पाएकै हुन्। तर सत्ताले उनलाई भ्रष्टमात्रै बनाएर क्रूर तानाशाही नै बनायो, त्यसैले त तीन सय जनाको ज्यान जाने गरी प्रदर्शन हुँदा पनि राजीनामा गर्ने वा देशलाई सम्बोधन गर्नपट्टि लागिनन्। आन्दोलन दबाउने चेष्टामात्रै गर्दाको परिणाम विद्रोह झन्झन् चर्कियो। प्रतिपक्ष दलहरूले बहिष्कार गरेको निर्वाचनलाई पनि ‘मान्यता’ दिलाएरमात्रै उनी सत्तामा ढसमस्स भइनन्, सत्ताकै आडमा आफ्नो दल अवामी लिगका कार्यकर्तामात्रै पोस्ने र आसेपासे पुँजीवादको पालनकर्ता भइन्। आर्थिक विकासको जसलाई उनको लोकतन्त्र विरोधी चरित्र र प्रवृत्तिले छोप्यो।



पत्रकार, नागरिक अगुवाहरूमाथिको धरपकड, विपक्षी आवाजमाथिको दमनले अन्तर्राष्ट्रिय छविसमेत धुमिल बनाएकी हसिनाले देश छाड्दा पनि जनताले सन्तोषको सास फेरेको देखिन्न। उनलाई कानुनको कठघरामा उभ्याउने र त्यहाँको सैनिकले भनेको अन्तरिम सरकार अमान्य हुने विद्रोही अगुवाहरूको आवाज भनेको उनीहरू लोकतन्त्रकै पक्षमा रहेको द्योतक हो। केही समयअघि श्रीलंका राष्ट्रपति निवाससम्म घुसेर जनताले गरेको विद्रोहकै शैलीमा बंगलादेशमा पनि जुन आन्दोलन भयो, त्यसबाट संसारभरका शासकहरूले पाठ लिन जरुरी छ—जो कसैलाई शासनमा पुर्‍याउन सक्ने जनताले नै जस्तै तानाशाहलाई पनि क्षणभरमै सत्ताच्युत गर्न सक्छन्, लोकतन्त्रमाथि धावा बोल्ने शासकले देशै छाडेर पनि भाग्नुपर्ने हुन सक्छ।

बंगलादेशमा तत्काललाई निरंकुश तानाशाहको बहिर्गमन त भएको छ, तर लोकतन्त्र संकटमै छ। हामी भन्छौं—बंगलादेशमा छिटोभन्दा छिटो शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष निर्वाचन हुनुपर्छ। त्यहाँ चाँडै लोकतन्त्रको पुनस्र्थापना भएर बंगलादेशी जनताले चाहेको अमनचैन, सुशासनसहित विधिको व्यवस्था चल्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम