मुख्य समाचार
बंगलादेशमा आत्मरक्षाको माग गर्दै प्रहरीद्वारा हडताल
बंगलादेशमा आत्मरक्षाको माग गर्दै प्रहरीद्वारा हडताल

: बंगलादेशमा प्रहरी युनियनले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने बताएको छ । बंगलादेश प्रहरीले प्रदर्शनकारीमाथि गोली रहरले नभइ बाध्यता चलाउनुपरेको बताएको छ ।



देशको प्रहरी संगठन ‘बंगलादेश प्रहरी सेवा संघ’ वा बीपीएसएले नचाहेर पनि आन्दोलनकारीमाथि दवावमा गोली चलाउनुपरेको जनाएको हो।

बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गर्न अधिकारीलाई जिम्मेवार ठहर गरेको छ ।



बंगलादेशमा हजारौं प्रहरीको संगठन बीपीएसएले भनेको छ, 'देशले कानुन बनाउँछ र हामी लागू मात्र गर्छौं। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश पालन गर्नुपर्छ, चाहे त्यो कानुनी होस् वा अवैध।'

शेख हसिनाले सोमबार राजीनामा दिएपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले जनाएको छ । बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको थियो।

आफ्नो विज्ञप्तिमा निर्दोष विद्यार्थीमाथि भएको कारबाहीप्रति बीपीएसले माफी मागेको छ ।

बंगलादेशमा प्रहरी हडतालपछि ‘अन्सार’ लाई ढाकाको प्रहरी चौकी, ट्राफिक र विमानस्थलको जिम्मेवारी दिइएको छ । बंगलादेशमा अन्सार मूलतया स्वयम्सेवकहरू हुन् जो आन्तरिक सुरक्षाका लागि मुख्य सुरक्षा बलहरूसँग तैनाथ हुन्छन्।

बंगलादेशका जनसम्पर्क अधिकारी अन्सार मोहम्मद/रुबेल हुसेनले अन्सारले ढाकामा ट्राफिक नियन्त्रण गरिरहेका बताएका छन्।

प्रहरीले सुरक्षा चिन्तालाई मध्यनजर गर्दै हडतालको घोषणा गरेपछि अन्सार र गाउँ सुरक्षा बललाई धेरै प्रकारका प्रहरीको कामको जिम्मेवारी दिइएको छ ।

उनका अनुसार विमानस्थलमा अन्सार तैनाथ गर्ने प्रक्रिया पनि चलिरहेको छ । मंगलबार बंगलादेशको राजधानी ढाकामा कतै पनि प्रहरी गतिविधि वा उपस्थिति देखिएको छैन।

बंगलादेशमा प्रहरी हवल्दारदेखि इन्स्पेक्टरसम्मको सङ्गठन ‘प्रहरी सेवा संघ’ले प्रहरीको जीवन रक्षा नभएसम्म हडतालमा रहने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम