मुख्य समाचार
नेपालले उपाधिका लागि आज भारतसँग भिड्ने
नेपालले उपाधिका लागि आज भारतसँग भिड्ने

। काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो ।




मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार हुनेछ ।

लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ ।



पहिलो सेटको सुरुमा ५-१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६-५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६-१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०-२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५-२१ ले पहिलो सेट जित्यो ।

दोस्रो सेटको सुरुवातमा २-० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६-४, १०-५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०-२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४-२१ को अवस्थासम्म पुग्यो ।

त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४-२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८-२६ ले दोस्रो सेट जित्यो ।

तेस्रो सेटमा इरानले १०-७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५-१५ बनायो । त्यसपछि अग्रता लिँदै २३-१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५-२० ले जित्यो ।

तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलियन क्लब फ्लुमिनेस फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा साउदी क्लब अल हिलाललाई २–१ ले पराजित गर्दै फ्लुमिनेस अगाडि बढेको हो । अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलियन क्लब फ्लुमिनेसले सशक्त प्रदर्शन गर्दै जित हात पारेको हो। खेलको ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी बक्सबाहिरबाट शानदार लेफ्ट फुटेड शट ...
। इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान भएको क्वाटरफाइनल खेलमा ब्राजिलको पाल्मेइरासलाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम ४ मा स्थान बनाएको हो । चेल्सीको जितमा कोल पाल्मरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पाल्मेइरासका एस्तिभाओले गरेको गोल सान्त्वना बन्यो । खेलको १६औं मिनेटमा पाल्मरले गोल ...
: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ। समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ। ...
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...