मुख्य समाचार
आमिर खानको सम्भावित सन्यासबारे के भन्छन् छोरा जुनैद ?
आमिर खानको सम्भावित सन्यासबारे के भन्छन् छोरा जुनैद ?

। जुनैद खानले फिल्म ‘महाराज’बाट अभिनयमा डेब्यु गरेका छन् । हालैको एक अन्तर्वार्तामा उनले आफ्ना पिता आमिर खानको ‘रिटायरमेन्ट’ चरणको बारेमा कुरा गरेका छन् ।

यो अन्तर्वार्ता लगत्तै आमिरले अभिनयबाट सन्यास लिन चाहेको अड्कलबाजी चलिरहेको छ । जुनैदले बुवा आमिरले आफूलाई प्रोडक्सन हाउसको जिम्मेवारी दिन चाहेको बताए । जुनैद अहिले होमप्रोडक्सन फिल्म ‘प्रितम प्यारे’को निर्माण गर्दैछन् ।




टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा जुनैदले भने, ‘मैले फिल्मको सेटमा क्यामेराको पछाडि धेरै समय बिताएँ । बुवाको फिल्म ‘पीके’ को सेटमा पनि काम गरे । केही विज्ञापन फिल्मको सुटिङमा पनि सघाएको छु ।

‘महाराज’को छायांकन सकिएपछि आमिर खान प्रोडक्सनको एउटा फिल्म निर्माण भइरहेको थियो । त्यतिबेला किरण राव पनि ‘लापता लेडीज’ को सुटिङमा व्यस्त थिइन् र बुबा ‘रिटायरमेन्ट फेज’मा थिए ।



जुनैदले अघि भने, ‘पापाले मलाई एक दिन मजाकमा भन्नुभयो कि म अहिले रिटायर हुँदैछु, त्यसोभए तिमीले मेरो काम किन सम्हाल्नु हुन्न ?’ मलाई लाग्छ कि मसँग यो क्षेत्रको राम्रो बुझाइ छ । फिल्म निर्माणको यो एक कठिन हिस्सा हो ।’

वर्कफ्रन्टको कुरा गर्दा जुनैदले हालै अभिनेत्री साई पल्लवीसँग आफ्नो अर्को फिल्म ‘एक दिन’को सुटिङ सकेका छन् । यो फिल्म पनि आमिर खानको ब्यानरमा बनेको हो । यो प्रेमकथा बाहेक उनी ‘लभयापा’ को सुटिङमा पनि व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...