मुख्य समाचार
अमेरिका, भारतसहित संसारका ठूला स्टक बजारमा त्रास
अमेरिका, भारतसहित संसारका ठूला स्टक बजारमा त्रास

। भारत, अमेरिका, जापानसहित शक्तिशाली स्टक बजारमा ठूलो गिरावट देखिएको छ । शुक्रबार र सोमबार ती बजार ठूलो दरमा घटेका हुन् ।

अमेरिकाको रोजगारी सम्बन्धी एक रिपोर्टले मन्दीको त्रास देखाएपछि अमेरिका सहित भारत तथा जापानको सेयर बजार बढी प्रभावित भएको उल्लेख गरेको छ ।




अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने तयारी गरिरहँदा पनि स्टक बजारमा उच्च गिरावट देखिएको छ । अमेरिकामा रोजगार वृद्धिदर अपेक्षाभन्दा न्यून भएपछि त्यसले थप मन्दीको संकेत जनाएको भन्दै विश्लेषण भइरहेको छ ।

सोमबार भारतीय बजारको बीएसई सेन्सेक्स २.७१ प्रतिशत अर्थात् २२२२ अंक घटेको छ । सो गिरावटपछि बीएसई सेन्सेक्स ७८७५९ मा झरेको छ ।



त्यस्तै ५० ठूला कम्पनीको सूचक निफ्टी ५० पनि २.६८ प्रतिशत घटेको छ । ६६२ अंक घटेर निफ्टी ५० सूचक २४०५५ मा झरेको छ ।

अमेरिकी डो जोन्स शुक्रबार ३.३ प्रतिशत घटेको छ । १२७४ अंक घटेर डो जोन्स ३९६०० सय नजिक झरेको छ । सोमबार पनि कारोबार भइरहँदा यो घट्ने क्रममा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा नेपाली समयअनुसार साँझ ६ः४० बजे यो सूचक ३ प्रतिशत घटेर ३८६४८ मा छ ।

त्यस्तै एस एन्ड पी–५०० फ्युचर पनि शुक्रबार ४.६ प्रतिशत घट्यो । सोमबार पनि यो घट्ने क्रममा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा नेपाली समय अनुसार साँझ ६ः४० मा यो सूचक ४.१ प्रतिशत घटेर ५१४९ मा झरेको छ ।

नास्डाक १०० फ्युचर शुक्रबार ६ प्रतिशत घट्यो । सोमबार पनि कारोबार भइरहँदा यस सूचकमा गिरावट जारी छ । नेपाली समय अनुसार साँझ ६ः४० सम्म कारोबार भइरहँदा यो सूचक ५.९८ प्रतिशत झरेर १७४४७ अंकमा झरेको छ ।

जापानी स्टक मार्केट निक्की सोमबार १२.७९ प्रतिशत घटेर ३१४५८ मा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ । बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको छ । टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको ...
। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो । ‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै ...
। दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य ...
। रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो। मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी ...
। शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ । इस्फहान र तब्रिज ...