मुख्य समाचार
बालगायक अमिर गजमेरको बैंगलोरमा शास्त्रीय गायन, शंकर महादेवन बने मन्त्रमुग्ध
बालगायक अमिर गजमेरको बैंगलोरमा शास्त्रीय गायन, शंकर महादेवन बने मन्त्रमुग्ध

। भारतीय गायक तथा संगीतकार शंकर महादेवनले आइतबार बैंगलोरमा आफ्ना विश्वभरिका १० जना उत्कृष्ट विद्यार्थीलाई मञ्चमा उतारे । सोही क्रममा नेपाली मूलका बालगायक अमिर गजमेरले पनि शंकर महादेवन र भारतका अन्य अग्रज संगीतकर्मीमाझ शास्त्रीय गायन प्रस्तुत गरे ।

हाल अमेरिकामा बसोबास गर्ने ११ वर्षीय अमिरले राग भीमपलासी एकल रुपमा प्रस्तुत गरे भने राग चारुकेशी युगल प्रस्तुत गरे । अमिरले गाउँदा उपस्थित संगीतप्रेमीहरुले तालीको गडगडाहट दिए ।




उनका गुरु समेत रहेका शंकर महादेवनले पनि उनको गायकीको खुलेर प्रशंसा गरे । अमिरको भ्वाइस टेक्सचर, उच्चारण र गायकीको महादेवनले निकै प्रशंसा गरेको उनका बुबा पुष्प गजमेरले अनलाइनखबरलाई बताए ।





‘अमिरको नेचुरल भ्वाइसले सबैलाई तान्छ । सुफी र गजल गायनका लागि अझ स्विटेबल भ्वाइस छ । भविष्यमा पनि यस्तै राम्रो गर्दै जानू, शुभकामना छ,’ महादेवनको भनाइ उद्धृत गर्दै गजमेरले भने ।

शास्त्रीय गायन प्रस्तुत गरिसकेपछि अमिरले आफ्ना गुरु महादेवन सहित भारतीय संगीतकर्मीलाई चिनो स्वरुप नेपाली ढाकाटोपी लगाइदिए । त्यसक्रममा अमिरले राजेशपायल राईको स्वरमा रहेको गीत ‘नमाग मसँग’ समेत गाएर सुनाए ।



शंकर महादेवन एकेडेमीले प्रत्येक वर्ष आफ्ना उत्कृष्ट १० विद्यार्थी छनोट गरेर शास्त्रीय गायन कार्यक्रम गर्दै आएको छ । यस वर्ष पनि भारत लगायत विभिन्न देशबाट छनोट भएका विद्यार्थीले मञ्चमा प्रस्तुति दिएका हुन् ।

अमिर चार वर्षदेखि शंकर महादेवनसँग शास्त्रीय संगीत सिकिरहेका छन् । नेपाली गीत-संगीतमा विशेष लगाव राख्ने अमिर बैंगलोरको कार्यक्रममा जानुअघि नेपाल घुमघाममा थिए । काठमाडौंमा रहँदा उनले केही नेपाली गीत समेत रेकर्ड गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...