मुख्य समाचार
अमेरिकाको कोलम्बसमा पहिलो 'इसका ओपन कराते च्याम्पियनसिप'
अमेरिकाको कोलम्बसमा पहिलो 'इसका ओपन कराते च्याम्पियनसिप'

: इन्टरनेसनल सितेरियो कराते एसोसियसन(आइएसकेए)ले पहिलोपटक अमेरिकाको ओहायो राज्यको कोलम्बसमा राष्ट्रिय स्तरको खुल्ला कराते प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा ओहायो, पेन्सिल्भिनिया, केण्टुकी, न्यूयोर्क, कोलोराडो र एरिजोना गरी अमेरिकाका ६ ओटा राज्यबाट काता र कुमुते दुई बिदामा कुल २३१ जना कराते खेलाडीले प्रतिस्पर्धा गरेका थिए।



कुल २४२ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धामा ड्रक इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, हेरिस्बर्ग पेन्सिल्भिनियाले जम्मा २५, बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायोले १९ र इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, कोलम्बस ओहायोले ११ स्वर्ण पदक प्राप्त गरेर पदक तालिकामा डिस्का, बक्नर मार्सल आर्ट्स र इस्का क्रमश: पहिलो, दोश्रो र तेस्रो भएका थिए।

प्रतियोगितामा ड्रक इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, हेरिस्बर्ग पेन्सिल्भिनिया (६२), इन्टर्नेशनल शितो रियो कराते एसोसियसन, कोलम्बस ओहायो (५०), ड्रक शितो काइ, रेनाल्ड्सबर्ग ओहायो(३३), बक्नर मार्सल आर्ट्स, वेस्ट चेस्टर ओहायो(२८), सिबुकान मार्सल आर्ट्स, कोलम्बस ओहायो (१० ), शितो रियो कराते डो, कोलम्बस ओहायो (०६), ट्रान्सअमेरिकन एसोसियसन अफ शितो रियो, ल्यनकास्टर पेन्सिल्भिनिया (०३), च्येम्पिअन मार्सल आर्ट्स, न्यूयोर्क(०३), मास्टरस मार्सल आर्ट्स, फ्लोरेन्स केण्टुकि (०३), ओकनावा डोजो, डेन्भर कोलोराडो (०२ ), ग्रेट लेक्स सेवा काइ, टोलेडो ओहायो (०१ ), एरिजोना वादो कराते, एरिजोना (०१ ), लगायतका खेलाडी थिए।



प्रतियोगितामा मुख्य रेफ्रीको नेतृत्व विस्व कराते फेडेरेसन रेफ्री समितिकी सचिव र अमेरिकन कराते फेडेरेसन रेफ्री समितिकी मुख्य रेफ्री सेन्से फारिवा मदानीले गरेकी थिइन्। उनले अगस्ट २ शुक्रबार नयाँ र पुराना गरी २६ जना रेफ्रीहरुलाई करिब ५ घण्ट प्रशिक्षण दिएकी थिइन्। केही नयाँ रेफ्रीहरुलाई रेफ्रीको प्रमाणपत्रसमेत वितरण गरिएको थियो। यू एस ए कराते फेडेरेशनबाट मान्यता प्राप्त नव प्रशिक्षित रेफ्रीहरु मालती राई, सुभम दाहाल, आशिका राई, हार्दिक बास्तोला, भिजन ओली, दर्शन अधिकारी र कमल गुरुङले प्रतियोगिता सञ्चालन गरेका थिए।

प्रतियोगिता व्यवस्थापन समितिको नेतृत्वमा ईस्काका प्रमुख र मुख्य प्रशिक्षकसमेत रहेका सेन्से शिव जोगीले गरेका थिए। समितिका अन्य सदस्यहरुमा नेपाली भाषा तथा कला केन्द्र, सिनसिनाटीका प्रमुख तारा दाहाल, हेल्दी होम केअर सिनसिनाटी र हेल्दी एडल्ट डे केअर केण्टुकीका प्रमुख लिला कुइँकेल, डिस्काका प्रशिक्षक दोए रने राई र सेन्से टि एन नेपाल, ड्रक शितो काइका मुख्य प्रशिक्षक मणि राई, ईस्काका प्रशिक्षक सेन्से साएल जोगी, लन अफिसर चरण बजगाई, स्वलगनशील किरात परिवारका श्री डम्बर राई , गोर्खा कम्ब्याटका मुख्य प्रशिक्षक सजित तामाङ्ग र स्वयमसेवक मनिष कार्की थिए।

कार्यक्रमको उद्घोषक बामाका प्रमुख र साहित्य परिषद् भूटानका सचिव श्री खेम रिजाल र लन अफिसर श्री चरण बजगाईले गरेका थिए।

उक्त एक दिवशीय प्रतियोगिता जम्मा पाँच ओटा रिङ्गमा खेलाइएको थियो। जसको नेतृत्व सेन्से सेन्थिल थियागरजन, सेन्से शान्ता ठोकर, सेन्से डक्टर हेमन्त घिसिङ्ग, सेन्से टि एन नेपाल र सेन्से माया लेप्चाले गरेका थिए।

पाँच ओटा रिङ्गमा भएको खेलमा कुल ३१ जना रेफ्रीहरु अनुबन्दित थिए। प्रतियोगिताभर डक्टर देवेन्द्र न्यौपाने र आर एन याम राईले स्वास्थ विभागको पाटो सम्हालेका थिए। प्रतियोगितालाई सम्पूर्ण भुटानी र नेपाली अमेरिकनका संघ संस्था, उद्योग व्यवसायी र व्यक्तिहरुले आर्थिक सहयोग गरेका थिए।

उक्त प्रतियोगिताको सफलताको शुभकामनासहित सिटी अफ रेनाल्डबर्ग्सले प्रोकलामेसन दिएको थियो जुन काउन्सिलम्यान भुवन प्याकुरेलले सेन्सेइ शिव जोगीलाई हस्तान्तरण गरेका थिए। कार्यक्रमको सुरुमा विश्व कराते फेडेरेसन कि रेफ्री सेन्सेइ फारिबा मदानीलाई आयोजक प्रमुख सेन्सेइ शिव जोगीले खादा ओडाएर स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...