मुख्य समाचार
आलोचना सहेरै पदक
आलोचना सहेरै पदक

: फ्रान्समा जारी पेरिस ओलम्पिकमा अल्जेरियाकी मुक्केबाज इमान खलिफले कांस्य पदक पक्का गरेकी छन्। लिङ्गका कारण निकै ठूलो आलोचना झेलेकी इमानले शनिबार राति भएको महिला ६६ केजीको अन्तिम आठको खेलमा हंगेरीकी एना लुका हामोरीलाई ५–० ले पराजित गरिन्।



इमान बक्सिङ खेलमा अल्जेरियाका लागि पदक पक्का गर्ने पहिलो महिला खेलाडी हुन्। हंगेरीकी खेलाडीलाई पराजित गरेपछि इमानले दर्शकलाई अभिवादन गर्दै भावुक बनेकी थिइन्। फाइनल प्रवेशका लागि उनले थाइल्यान्डकी जनजेम सुवान्नाफेंगको सामना गर्ने छिन्।

इमान इटालीकी मुक्केबाज एन्जिला कैरिनीसँगको खेलपछि अन्तर्राष्ट्रिय रुपमै आलोचनाको सिकार भएकी थिइन्। बिहीबार भएको प्रतिस्पर्धामा कैरिनी ४६ सेकेन्डमै रिङबाट भागेकी थिइन्। यो घटनापछि विश्व खेलकुदमा सनसनी मच्चिएको थियो। खेल सुरु हुनासाथ इमानले कैरिनीमाथि मुक्का प्रहार गरेका थिए। एक मुक्कामै कैरिनीको नाक भाँचिएको थियो। नाक भाँचिएपछि कैरिनी खेल छाडेर बाहिरिएकी थिइन्।

त्यसपछि रेफ्रीले इमानलाई विजेता घोषणा गरेका थिए। त्यसलगत्तै कैरिनीले आफूमाथि अन्याय भएको भन्दै आवाज बुलन्द पारेकी थिइन्। ‘मैले यस्तो मुक्का जीवनमै खाएको थिइनँ। यो महिला मुक्केवाजको प्रहार नै होइन। मैले धेरै महिला मुक्केबाजको प्रहार सहेकी छु’, उनले भनेकी थिइन्, ‘ममाथि अन्याय भयो।’

अल्जेरियाकी मुक्केबाज इमान लिङ्ग परिवर्तन गरेर पुरुषबाट महिला बनेकी हुन्। कैरिनीले पुरुषको क्षमता भएका व्यक्तिसँग प्रतिस्पर्धा गराएको आरोप लगाएकी थिइन्। ‘लिङ्ग परिवर्तन गरे पनि उनको क्षमता पुरुषकै थियो। त्यसैले पुरुषको क्षमता भएको व्यक्तिलाई महिलासँग खेलाउनु गलत हो’, उनले आरोप लगाउँदै भनेकी थिइन्।

यो विषयमा इटालीका प्रधानमन्त्रीले पनि चासो व्यक्त गरेका थिए। इटालीका प्रधानमन्त्री जर्जियो मेलोनीले पनि प्रतिस्पर्धा समान स्तरको नभएको बताएका थिए। ‘म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग सहमत छैन। मलाई लाग्छ कि जुन खेलाडीमा पुरुष आशुवंशिक विशेषता हुन्छ, तिनलाई महिलामा राखेर प्रतिस्पर्धा गराउनु गलत हो’, उनले सामाजिक सञ्जाल एक्समा स्टाटस लेखेका थिए।

इमानको गत वर्ष लिङ्ग परीक्षण भएको थियो। उनको डीएनएमा एक्सवाई क्रोमोजोम र पुरुषमा हुने टेक्स्टोटेरोन हर्मोन रहेको जनाइएको थियो। परीक्षणमा असफल भएपछि सन् २०२२ को वल्र्ड च्याम्पियन इमानमाथि प्रतिबन्ध लगाउन वल्र्ड बक्सिङ फेडरेसनले निर्देशन दिएको थियो। तर, वल्र्ड बक्सिङ फेडरेसन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को प्रतिबन्धमा परेकाले इमानले ओलम्पिकमा खेल्ने अवसर पाएकी हुन्।

आईओसीले भने इमानको बचाउ गरेको छ। आईओसी अध्यक्ष थमन बाकले इमानसँगै ताइवानकी मुक्केबाज लिन यू टिंगको बचाउ गरेका हुन्। वल्र्ड बक्सिङ फेडरेसनले वषौंदेखि उनीहरूलाई खेल्न दिएको जनाउँदै अहिले विवाद गर्नुको औचित्य नभएको उनले बताएका हुन्। आईओसीले सन् २०१९ देखि वल्र्ड बक्सिङ फेडरेसनलाई विभिन्न आरोपमा ओलम्पिकमा प्रतिबन्ध लगाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...