मुख्य समाचार
निरजले स्वर्ण जिते निःशुल्क भिसा
निरजले स्वर्ण जिते निःशुल्क भिसा

: फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन ओलम्पिक खेलकुदमा भारतले अहिलेसम्म तीन कांस्य पदक जितिसकेको छ। स्वर्णको आशा गरिएका खेलाडी असफल हुँदा अब सबैको नजर निरज चोपरामाथि छ। त्यसैले सिंगो भारत निरजको खेलको प्रतीक्षा गरेर बसिरहेका छन्। पेरिस ओलम्पिकमा निरजले अगष्ट ८ मा आफ्नो दावेदारी प्रस्तुत गर्ने छन्। एथलेटिक्सको ज्याभलिन थ्रोमा उनले स्वर्ण जित्ने आशा धेरैको छ।



उनीबाटै भारतले स्वर्णको खाता खोल्ने आशामा बसेका धेरैलाई अचम्मित बनाउने काम एक जना निरजका प्रसंशकले गरेका छन्। भारतीयमूलका एक भिसा स्टार्टअप कम्पनीका सीईओले निःशुल्क भिसा दिने घोषणा गरेका छन्।

एटलस कम्पनीका सीईओ मोहक नाहटाले सामाजिक सञ्जालमा पोस्ट् गर्दै निरजले स्वर्ण जितेमा निःशुल्क रुपमा भिसा दिने घोषणा गरेका हुन्। अहिले उनको यो पोस्ट् भाइरल भइरहेको छ। धेरै जना निरजले स्वर्ण जित्नेमा विश्वस्त छन् भने केहीले क्षणिक लोकप्रियताका लागि कम्पनीले प्रचारवाजी गरेको बताएका छन्।



नाहटाले सामाजिक सञ्जाल लिंक्डइनमा लेखेका छन्, ‘यदि निरज चोपराले पेरिस ओलम्पिकमा स्वर्ण जितेमा म व्यक्तिगत रुपमा सबैलाई निःशुल्क रूपमा भिसा दिनेछु।’ उनले भारतीय नागरिकलाई मात्रै नभई संसारका सबै देशका नागरिकलाई भिसा दिने र त्यसका लागि कुनै पनि शुल्क नलाग्ने स्पष्ट पारेका छन्। तर, यो एक दिनका लागि मात्रै।

‘यो अफर एक दिनका लागि मात्रै हो। तपाईहरू आफैं छान्न सक्नु हुन्छ कि कुन देशको यात्रा गर्न चाहनुहुन्छ। यसको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने छ’, नाहटाले भनेका छन्। एटलस भिसा कम्पनी एक बहुर्राष्ट्रिय कम्पनी हो। यसले यात्रा सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दछ। यस कम्पनीमार्फत घरमै बसेर भिसा आवेद दिन सकिन्छ। यसको मुख्यालय भारतको मुम्बईमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...