मुख्य समाचार
कागबेनी ‘यार्तुङ’ महोत्सवमा सिंकी घोडा प्रथम
कागबेनी ‘यार्तुङ’ महोत्सवमा सिंकी घोडा प्रथम

: मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीमा शनिबार आयोजित खुला घोडा दौड प्रतियोगितामा ‘सिंकी’ नामको घोडा च्याम्पियन बनेको छ। वारागुङ मुक्तिक्षेत्र-४ र कागबेनी गाउँको संयुक्त आयोजनामा सञ्चालन भएको छैठौं यार्तुङ महोत्सवको घोडा दौड प्रतियोगितामा २१ वर्षीय युवा उज्जव सुनारले हाँकेको सिंकी घोडा प्रथम भएको हो।



गाउँपालिकाअन्तर्गत १२ वटा घोडा दौडमा सहभागी मध्ये वारागुङ-१ झारकोटका नम्डु गुरुङको निजी घोडाले सबै प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि च्याम्पियन बनेको यार्तुङ मेला आयोजक समितिका संयोजक युण्डुक गुरुङले बताए। कागबेनी खेलमैदानदेखि एक्ले भट्टीसम्मको करिब ५ किमी दूरीमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा नम्डु गुरुङले पालेको सिंकी घोडा प्रथम भएको हो।

प्रतियोगितमा वारागुङ-१ छेङ्गुरका पुनम गुरुङले हाँकेको ‘लक्की’नामक घोडा दोस्रो र वारागुङ-१ झारकोटकै नाम्ग्या वाङ्दी गुरुङले हाँकेको ‘कालु’ नामक घोडाले तृतीय स्थान हासिल गरेको छ। प्रथम भएका उज्वल सुनारले नगद ३५ हजार, दोस्रोलाई १० हजार तेस्रो हुनेलाई ५ हजार नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र जितेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...