मुख्य समाचार
नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने
नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने

। नेपाली क्रिकेट टोलीले क्यानडा भ्रमणअघि भारतमा प्रशिक्षण गर्ने भएको छ ।

नेपालले क्यानडा भ्रमणलाई आइतबार रोहितकुमार पौडेलको कप्तानीमा २२ सदस्य टोली बन्द प्रशिक्षणमा बोलाएको छ । अघिल्लो महिना सम्पन्न टी–२० विश्वकप खेलेको टोलीमा रहेका तीव्र गतिका बलर प्रतिश जि.सी. र अभिनाश बोहरा बन्द प्रशिक्षणमा बोलाइएको छैन ।




नेपाल ए मा राम्रो प्रदर्शन गरेका बायाँहाते स्पिन अलराउण्डर बसिर अहमदले प्रशिक्षणमा फर्किने अवसर पाएका छन् ।

यस्तै टी–२० विश्वकप खेलेको टोलीमा नभएका देव खनाल, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ र रिजन ढकाल पनि छन् ।



टोलीले एकहप्ता त्रिवि क्रिकेट मैदानमा फिटनेश ट्रेनिङ गर्नेछ, त्यसपछि भारत जाने तयारी छ ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भारतमा प्रशिक्षण गर्ने तयारीमा रहेको पुष्टि गरे । ‘पहिलो चरणमा टीयुमै आज वा भोलिबाट फिटनेशको अभ्यास हुनेछ । त्यसपछि भारतमा जाने छौं’, लामाले भने, ‘तर भारतको कहाँ र कति म्याच खेल्ने भन्ने छलफलमै छौं । टुङ्गो लागेपछि सार्वजनिक गर्छौं ।’

प्रशिक्षणमा बोलाइएका कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्यानडामा व्यस्त छन् । ग्लोबल टी–२० क्यानडा ११ अगष्टमा सकिने छ । त्यसपछि दीपेन्द्र र रोहित टी–१० लिग खेल्ने वेष्टइण्डिज जाने कार्यक्रम छ ।

तीनै जना सिधै क्यानडामा टोलीसँग जोडिनेछन् । तीव्र गतिका बलर गुल्शन झा भारतमै छन् । सोमपाल कामी र करण केसी भारतमा अभ्यास गरेर नेपाल फर्किसकेका छन् ।

टी–२० विश्वकपपछि अमेरिकामा बस्दै आएका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि नेपाल आएका छैनन् । उनी पनि सिधै भारत आउने तयारीमा छन् । ।

नेपालले आगामी सेप्टेम्बरमा क्यानडामा आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्नेछ ।

घरेलु टोली क्यानडा, नेपाल र ओमानबीच उक्त प्रतिस्पर्धा हुनेछ । लिग–२ मा १८ र २६ सेप्टेम्बरमा क्यानडा तथा २० र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ । यद्यपि आईसीसीले औपचारिक रुपमा खेल तालिका सार्वजनिक गरिसकेको छैन ।

त्यसपछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ ।

नेपाली टोली क्यानडाबाटै अमेरिका जानेछ । अक्टोबरमा नेपालले अमेरिकामा आईसीसी विश्वकप लिग–२ र त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने तालिका छ ।

घरेलु टोली अमेरिकासँगै नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

लिग–२ त्रिकोणात्मक सिरिज २०२७ सम्म चल्नेछ । प्रतियोगितामा नेपाल, अमेरिका, क्यानडा, स्कटल्यान्ड, नेदरल्यान्ड्स, यूएई, ओमान र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष चारमा रहने टोलीले सोझै २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

२०२७ सम्म नम्वर वान एसोसिएट टोली हुने नेपालको लक्ष्य छ । यसका लागि लिग २ मा प्रदर्शन महत्वपूर्ण हुनेछ ।

सुरुवाती चार खेलमा नेपाल १ मा जितका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ७ खेलमा ४ मा जित, २ मा हार र एक खेल नतिजा विहीन हुँदा ९ अंकका साथ शीर्ष स्थानमा छ । क्यानडा ४ खेलमा अपराजित रहँदै ८ अंकका साथ दोस्रो स्थानमा छ ।

नामिबिया ८ खेलमा समान चारमा जित र हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अंकका साथ चौथो र ओमान ३ अंकका साथ पाँचौं स्थानमा छ । युएई तीन खेलमा अंकविहीन हुँदै सातौं र अमेरिका एक खेल नखेली पुछारमा छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, कमलसिंह ऐरी, रिजन ढकाल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सूर्य तामाङ, बसिर अहमद, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...