मुख्य समाचार
प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारततर्फ प्रस्थान
प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारततर्फ प्रस्थान

: बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएकी छन्। आरक्षणविरुद्धको आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएको बीबीसीले जनाएको छ।



राजीनामा दिएपछि प्रधानमन्त्री हसिनाले देश पनि छोडेको बीबीसी समाचारमा उल्लेख छ। प्रधानमन्त्री हसिना बहिनीसँगै देश छाडेकी हुन्। प्रधानमन्त्री हसिना चढेको हेलिकोप्टर भारतर्फ प्रस्थान गरेको बताइएको छ। बीबीसीका अनुसार प्रधानमन्त्री हसिना भारतको अगरतालातर्फ गएकी हुन्। अगरताला भारतको त्रिपुरा राज्यको राजधानी हो।

प्रदर्शनकारीहरू सोमबार प्रधानमन्त्री निवासमै छिरेका छन्। निवासमै छिरेपछि असुरक्षित महसुस गरेकी हसिनाले बहिनीसँगै देश छाडेको स्रोतलाई उद्धृत गर्दै एजेन्सीहरूले उल्लेख गरेका छन्। यसैबीच बंगलादेशका सेना प्रमुखले सम्बोधन गर्ने कार्यक्रम छ। देशको अवस्थाबारे जानकारी दिन उनले देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन्।



जुलाई पहिलो सातादेखि बंगलादेशमा आरक्षणविरोधी आन्दोलन सुरू भएको थियो। उक्त आन्दोलन अहिले सरकारविरुद्ध मोडिएको छ। आन्दोलनकारीको माग केही सम्बोधन गरिए पनि पछिल्लो समय प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै आन्दोलन उग्र बनेको हो। बंगलादेशमा जारी आन्दोलनमा हालसम्म तीन सयको मृत्यु भएको छ। सन् २००९ देखि शेख हसिना बंगलादेशको निरन्तर प्रधानमन्त्री बन्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई माफी दिएको हो । नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेताहरूले नेतृत्व गरेका शहरहरूमा हुने आन्दोलन वा अशान्तिमा स्थानीय निकायको औपचारिक अनुरोधबिना संघीय हस्तक्षेप नगर्ने घोषणा गरेका छन । राष्ट्रपति ट्रम्पले गृह सुरक्षा सचिव क्रिस्टी नोएमलाई स्थानीय विरोध प्रदर्शन व्यवस्थापन गर्न संघीय बल नपठाउन निर्देशन दिएका छन्। तर, संघीय भवन, अदालत र सरकारी सम्पत्तिको सुरक्षाका लागि भने आईसीई ...
। सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ । अमेरिकी विशेष दूत लउरा डोगु जनवरी शनिबार काराकास आइपुगेका छन । यसलाई दक्षिण अमेरिकी राजनीतिमा एक ठूलो परिवर्तनको रूपमा हेरिएको छ । अमेरिकी दूत डोगुले सामाजिक सञ्जालमार्फत आफ्नो टोली कामको लागि तयार रहेको जानकारी ...
गत एक वर्ष, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरि ‘शान्ति स्थापना’ का प्रयासहरू अघि बढाएका छन्। आर्थिक धम्की वा प्रलोभन मार्फत द्वन्द्वहरू समाधान गर्न सकिन्छ भन्ने विश्वास उनका प्रयासहरूको एउटा प्रमुख विशेषता हो। हालसालै उनको प्रशासनले गाजामा इजरायलद्वारा भइरहेको जनसंहारकारी युद्ध, युक्रेन युद्ध तथा इजरायल र सिरिया बीचको द्वन्द्वका सन्दर्भमा शान्ति मध्यस्थताको एक हिस्साको रूपमा आर्थिक ...
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...