मुख्य समाचार
लैंगिकतामाथि प्रश्न उठेपछि खालिफको स्पष्टीकरण : महिला नै हुँ
लैंगिकतामाथि प्रश्न उठेपछि खालिफको स्पष्टीकरण : महिला नै हुँ

। पछिल्लो समय पेरिस ओलम्पिक २०२४ मा बक्सिङ खेलमा भएको लैंगिक विवाद चरम सीमामा पुगेको छ । २५ वर्षीया अल्जेरियन बक्सर इमानी खालिफ इटालियन बक्सर एन्जेला करिनीलाई ६६ केजी तौल समूहको खेलमा ४६ सेकेन्डमा नै हराएपछि उनको लैंगिकतामाथि नै प्रश्न उठाइएको छ ।

खालिफ ‘ट्रान्सजेन्डर’ भएको आरोप लगाइएको छ। उनको शरीरमा पुरुषको शरीरमा पाइने टेस्टोस्टेरोन पाइएको थियो । २०२३ मा भारतमा भएको विश्व बक्सिङ च्याम्पियनसिपमा उनी लैंगिक विवादकै कारण आइबीएले पुरुषमा हुने ‘एक्सवाई क्रोमोजोम’ भेटिएको भन्दै उनलाई प्रतियोगितामा महिलाको रुपमा प्रतिस्पर्धा गर्नबाट रोक लगाएको थियो ।




उनी उक्त प्रतियोगिताबाट महिलाको विद्यामा खेल्न अयोग्य घोषित हुँदै प्रतियोगिताबाट बाहिरिएकी थिइन् । उनी मात्रै होइन, ताइवानकी लिन यू–टिङ पनि पुरुषमा पाइने हर्मोनहरु बढी भएका कारण पूर्णतः महिलाको क्याटगोरीमा सहभागी हुन पाएकी थिइनन् ।

तर, यो पालि यी दुवै खेलाडी पेरिस ओलम्पिकमा सहभागी छन् । त्यही क्रममा शनिबार खालिफले हंगेरीकी अन्ना लुका हमोरीलाई पराजित गर्दै कम्तीमा पनि आफ्नो तौल समूह (६६ केजी) मा कांस्य जित्ने पक्का गरेकी हुन् ।



यो जितसँगै उनले पत्रकारसँग बोल्दै भनेकी छन्, ‘म यो पदक पूरै विश्वलाई समर्पित गर्न चाहन्छु, पूरै अरबलाई समर्पित गर्न चाहन्छु र भन्न चाहन्छु, अल्जेरिया अमर रहोस् ।’

यसै सिलसिलामा खालिफलाई उनको लैङ्गिकताबारे पनि प्रश्न सोधिएको थियो । जसको जवाफमा उनी भन्छिन्, ‘म पूरै विश्वलाई भन्न चाहन्छु कि म महिला हुँ । र महिला नै रहनेछु ।’

खालिफले तीन राउन्डमा तीनवटै राउन्डमा जित हात पारेकी हुन् । पाँच जनाको निर्णायक टिमले उनलाई हरेक वाउटमा १०–९ को अंक दिए । दोस्रो राउन्डमा भने एक निर्णायकले उनलाई १०–८ अंक दिएकी थिइन् ।

हमोरीले खेलअघि आफू खालिफदेखि नडराएको बताएकी थिइन् । उनले खालिफ महिला नभएको भन्ने कुरामा पनि असहमति जनाएकी थिइन् । खेल सकिएपछि यी दुई खेलाडीले आफ्नो आफ्नो कर्नरमा झुक्दै एकअर्कालाई शुभकामना व्यक्त गरेका थिए ।

खेलअघि आईओसीका अध्यक्ष थोमस बाखले खालिफ र यू–टिङलाई प्रतिस्पर्धामा समावेश गराएकोमा बचाउ गरेका थिए । यस्तो विरोधलाई ‘घृणास्पद अभिव्यक्ति’ भएको बताए ।



‘हामीसँग दुई जना यस्ता बक्सर छन्, जो जन्मजात नै महिला हुन् । महिला नै भएर हुर्काइयो, उनीहरुको पासपोर्टमा महिला लेखिएको छ’, बाखले भने, ‘उनीहरुले धेरै वर्षदेखि महिला भएर नै प्रतिस्पर्धा गरिरहेका छन् ।’

यू–टिङ र खालिफको परिचयमा कुनैपनि किसिमको विभेद नरहेको आईओसीले भन्दै गर्दा यी दुवै बक्सरले भारतमा भएको अन्तर्राष्ट्रिय इभेन्टमा भने लैंगिकक कारणले नै खेलेका थिएनन् ।
हाल खालिफले ६६ केजी तौल र लिनले ५७ केजी तौलमा ओलम्पिक खेलिरहेका छन् ।

यो विवाद पछिल्लो समय इरानी बक्सर एन्जेला करिनीलाई खालिफले ४६ सेकेन्डमा नै ढालेपछि सुरु भएको हो । खालिफले कारिनीलाई नाकमा २ मुक्का हानेकी थिइन् । जसको पीडा सहन नसकेर करिनीले रिङमा नै घुँडा टेकेर आत्मसमर्पण गरिन् । जसको कारण उनले पछि यो साधारण पीडा नभएको र उनले आफ्ने ज्यान बचाउन खेल छोडेको बताइन् ।

त्यसपछि उत्पन्न भएको यो विवादको जवाफ दिँदै बाख भन्छन्, ‘कहिल्यै पनि कुनै शंका रहेन ।’ यी दुवै खेलाडीले महिलाको विधामा नै रहेर कयौं पटक प्रतिस्पर्धा गरेको हुँदा यी दुई खेलाडीमा अनावश्यक झुटा लाल्छना असह्य भएको बताए ।

खालिफले यसअघि टोकियो ओलम्पिकबाट आफ्नो ओलम्पिक डेब्यु गरेकी हुन् । उनका वुबा अमर खालिफले पनि आफ्नो छोरी सानै उमेरबाट खेलकुदमा बढी रुचि राख्ने गरेको बताए ।

‘मेरी छोरीले कयौं पटक हामीलाई र हाम्रो देशलाई गौरवान्वित बनाएकी छिन् । यो लाल्छनाहरुले उनलाई रिङमा कमजोर बनाउनको लागि गरिएको हो’, अमर खालिफले समाचार एजेनसी रोयर्टससँग भनेका छन््, ‘तर उनी च्याम्पियन हुन् र सधैं च्याम्पियन नै रहिरहनेछिन् ।’

पेरिसमा भइरहेको विवाद पश्चात ४१ वर्षीया फिजिसियन ताहा ओन्डोरियसरले खालिफलाई अयोग्य ठहर गर्न उनीमाथि लान्छना लगाउने काम भइरहेको बताइन् । ‘मान्छेहरु यसै यीनलाई अयोग्य ठहर गर्न तिर लागिरहेका छन् तर उनी महिलाकै रुपमा जन्मिएकी हुन् र महिला कै रुपमा मर्नेछिन्’, उनले भनेकी छन्, ‘यदि तिमीले ऊ केटा हो भनेर प्रमाणित गर्न सक्दैनांै भने आफ्नो मुख बन्द गर्नुपर्छ ।’

यसबाहेक केहीले खालिफ र लिनविरुद्ध आफ्नो धारणा व्यक्त गर्दै आएका छन् भने कतिले भने यी दुवैलाई महिला खेलाडीको समर्थनको नारा लगाउँदै बचाउ पनि गरिरहेका छन् ।

यसैबीचमा इमानी र लिनको विवादमा ओलम्पिक कमिटी र बक्सिङ एसोसियसनको मतान्तर पनि प्रत्यक्ष रुपमा देखियो । यो घटना लैंगिक विभेद र खेलाडीको बीचमा मात्रै नभई राजनीतिक रुपमा पनि यी दुई निकायको राजनीतिक हस्तक्षेप पनि देखियो ।

आईबीएले महिलाको विद्यामा खेल्न अयोग्य भनिएका दुई महिला खेलाडीले हाल ओलम्पिकमा खेलिरहेको र ओलम्पिक संघले यी दुईलाई प्रतिस्पर्धाका लागि मान्यता दिँदा आएबीएको पनि प्रतिक्रिया आएको छ ।

ओलम्पिक २०२४ मा बक्सिङका सबै खेलको जिम्मा आइबीएलाई दिइएको छैन । बक्सिङ निकाय भन्दै एक नयाँ निकाय खडा गर्दै हाल ओलम्पिकको सम्पूर्ण बक्सिङको खेलहरु सोही निकायले हेरिरहेको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...