मुख्य समाचार
जोकोभिचले जिते पेरिस ओलम्पिकमा स्वर्ण
जोकोभिचले जिते पेरिस ओलम्पिकमा स्वर्ण

। विश्व टेनिसका स्टार नोभाक जोकोभिचले पहिलो पटक ओलम्पिककोमा स्वर्ण पदक जितेका छन् ।

फ्रान्समा भइरहेको पेरिस ओलम्पिकमा जोकोभिचले आइतबार मेन्स सिंगल्सतर्फ स्पानिस युवा खेलाडी कार्लोस अल्काराजलाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितेका हुन् ।

जोकोभिचले दुवै सेट टाईब्रेकमा आफ्नो पक्षमा पारेका थिए । जोकोभिचले अल्कारजलाई ७-६ (७-३), ७-६ (७-२) ले पराजित गरेका हुन् ।

लामो समयदेखिको पर्खाईको रुपमा रहेको ओलम्पिकमा स्वर्ण पदक जितेपछि जोकोभिचले टेनिसमा करियरमा गोल्डेन स्लाम पूरा गरेका छन् ।



उनी टेनिसको सिंगल्स इभेन्टमा चारवटै ग्राण्डस्लाम र ओलम्पिक स्वर्ण गरी गोल्डेन स्लाम जित्ने पाँचौ खेलाडी बनेकमा छन् । यसअघि राफायल नाडल, आन्द्रे आगामी, सेरेना विलियम्स र स्टेफी ग्राफले मात्र चारै ग्राण्डस्लाम र ओलम्पिक गोल्डेन स्लाम जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...