मुख्य समाचार
बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ
बेलायतमा हिंसात्मक प्रदर्शन, ९० जनाभन्दा बढी पक्राउ

। बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएको छ । बीबीसीका अनुसार आन्दोलनले हिंसात्मक रूप लिएपछि शनिबार त्यहाँ ९० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा केही पसलहरूमा लुटपाट भएको छ । कतिपय स्थानमा प्रदर्शनकारीले प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेका छन् । सबै प्रदर्शन हिंसात्मक नरहे पनि केही स्थानमा आन्दोलनले हिंसात्मक रूप लिएको हो ।




प्रधानमन्त्री किअर स्टार्मरले घृणा फैलाउन खोज्ने चरमपन्थीहरू विरुद्ध कारबाहीमा प्रहरीलाई सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् ।

साउथपोर्ट, मर्सीसाइडमा सोमबार एक पार्टीमा तीन बालिकाको हत्या भएपछि तनाव चर्किएको हो ।



लिभरपुलमा प्रहरीमाथि इँटा, बोतल लगायतका वस्तु प्रहार गरिएको थियो । प्रदर्शनकारीको कुर्सी प्रहारबाट एक प्रहरीको टाउकोमा चोट लागेको छ र अर्का प्रहरीलाई बाइकबाट खसालिएको बीबीसीले लेखेको छ ।

मर्सीसाइड प्रहरीले केही प्रहरी घाइते भएको र दुई जना कामदारलाई अस्पताल लगिएको प्रहरीले पुष्टि गरेको छ ।

सरकारले अभिव्यक्ति स्वतन्त्रताको अधिकार र अहिले प्रदर्शन भइरहेको हिंसा फरक कुरा भएको भन्दै आन्दोलनरत पक्षलाई संयमता अपनाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले त्यहाँस्थित कारागारमा रहेका २६७ जना नेपालीलाई आममाफी दिएको जनाएको छ । यूएई सरकारले ५४औँ राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा २६७ जना नेपाली बन्दीलाई माफी दिएको हो । नेपाल सरकारले यस आममाफीलाई नेपाल र यूएईबीचको सम्बन्ध, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याट नेताहरूले नेतृत्व गरेका शहरहरूमा हुने आन्दोलन वा अशान्तिमा स्थानीय निकायको औपचारिक अनुरोधबिना संघीय हस्तक्षेप नगर्ने घोषणा गरेका छन । राष्ट्रपति ट्रम्पले गृह सुरक्षा सचिव क्रिस्टी नोएमलाई स्थानीय विरोध प्रदर्शन व्यवस्थापन गर्न संघीय बल नपठाउन निर्देशन दिएका छन्। तर, संघीय भवन, अदालत र सरकारी सम्पत्तिको सुरक्षाका लागि भने आईसीई ...
। सात वर्ष लामो कूटनीतिक गतिरोध अन्त्य गर्दै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा आफ्नो कूटनीतिक नियोग पुनः सञ्चालन गर्ने प्रक्रिया सुरु गरेको छ । अमेरिकी विशेष दूत लउरा डोगु जनवरी शनिबार काराकास आइपुगेका छन । यसलाई दक्षिण अमेरिकी राजनीतिमा एक ठूलो परिवर्तनको रूपमा हेरिएको छ । अमेरिकी दूत डोगुले सामाजिक सञ्जालमार्फत आफ्नो टोली कामको लागि तयार रहेको जानकारी ...
गत एक वर्ष, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरि ‘शान्ति स्थापना’ का प्रयासहरू अघि बढाएका छन्। आर्थिक धम्की वा प्रलोभन मार्फत द्वन्द्वहरू समाधान गर्न सकिन्छ भन्ने विश्वास उनका प्रयासहरूको एउटा प्रमुख विशेषता हो। हालसालै उनको प्रशासनले गाजामा इजरायलद्वारा भइरहेको जनसंहारकारी युद्ध, युक्रेन युद्ध तथा इजरायल र सिरिया बीचको द्वन्द्वका सन्दर्भमा शान्ति मध्यस्थताको एक हिस्साको रूपमा आर्थिक ...
— डेमोक्रेटिक रिपब्लिक अफ कंगोको पूर्वी क्षेत्र रुबाया कोल्टान खानी भत्किँदा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो खानी क्षेत्र एएफसी/एम२३ विद्रोहीको कब्जामा छ । यहाँ विद्रोहीले नियुक्त गरेका गर्भनरका प्रवक्ता लुमुम्बा कम्बेरे मुयिसाले घटनामा कामदार, महिला र बालबालिकाको मृत्यु भएको बताए । 'यो पहिरोमा २०० भन्दा बढी व्यक्ति परेका छन् । उत्‍खननमा संलग्न कामदार, ...