मुख्य समाचार
चिकित्सा क्षेत्रमा नयाँ चमत्कार : डाक्टर ५ हजार किलोमिटर टाढा, रोबोटले गर्‍यो शल्यक्रिया
चिकित्सा क्षेत्रमा नयाँ चमत्कार : डाक्टर ५ हजार किलोमिटर टाढा, रोबोटले गर्‍यो शल्यक्रिया

आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ तथा रोबट जस्ता शब्दहरुसँग हामी पहिलेदेखि नै परिचित छौं। यी सबै प्रविधिहरु विस्तारै हाम्रो जीवनको हिस्सा बनिरहेका छन् । अझ स्वास्थ्यसेवाको क्षेत्रमा त प्रविधिको प्रयोग निकै बढेको छ । यसको नयाँ उदाहरण चीनमा देखिएको छ।

चीनमा डाक्टरहरुले ५ हजार किलोमिटर टाढा रहेको एक बिरामीको फाइभ जी रोबोटमार्फत् शल्यक्रिया गराएका छन् ।




सांघाई चेस्ट हस्पिटलका शल्यचिकित्सिकहरुले आफ्ना साथीहरुको सहयोगमा दूर शल्यक्रिया गरेका हुन् । उनीहरुले बिरामीको फोक्सोबाट ट्युमर निकालेका छन् ।

शल्यक्रियाका बेलामा शल्यचिकित्सक सांघाईमा थिए । जबकि बिरामी र सर्जिकल रोबोट चाहीँ झेझियांगको कशगरमा रहेका थिए । यी दुई ठाउँबीचको दूरी ५ हजार किलोमिटर रहेको छ ।



गत जुलाई १३ को दिन उक्त शल्यक्रिया भएको हो । डाक्टर लु क्विंग्क्वानले सो शल्यक्रियाको नेतृत्व गरेका हुन् । उक्त प्रक्रियामा करिब १ घण्टाको समय लागेको थियो । करिब १ वर्षको तयारीपछि उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको बताइएको छ ।

डाक्टर लु ले भनेका छन् : यो शल्यक्रियाको सफलता स्वेदेशी सर्जिकल रोबोटको चिकित्सा क्षमता प्रदर्शनका लागि एक कोशेढुंगा हो । यसबाट दुर्गम तथा ग्रामीण क्षेत्रका बिरामीहरु लाभान्वित हुनेछन् ।

सो शल्यक्रियाको भिडियो रेकर्ड गरिएको थियो, जुन अहिले सोसल निकै चर्चित बनिरहेको छ ।

डाक्टरहरुका अनुसार उक्त शल्यक्रियाको सफलताले भविष्यमा जोकोही मानिस ठूला-ठूला तथा सुविधासम्पन्न सहरमा नगइकन पनि आफ्नै ठाउँबाट उपचार गराउन सक्छन् भन्ने देखाएको छ ।

चीनमा रोबोटको मद्दतले छातिको शल्यक्रिया गरिएको यो पहिलो घटना भएको सांघाई डेलीको रिपोर्टमा उल्लेख छ ।

सांघाई छातिरोग अस्पतालले रोबोट सर्जरीसँगै रोबोट प्रविधिमा अनुसन्धान र विकासमा समेत संलग्न छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण गर्दै बीमा कार्यक्रमलाई दिगो बनाउन उक्त सीमा तोक्ने निर्णय गरेको हो । बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बिमित बिरामीलाई ओपीडी सेवामा वार्षिक २५ हजारसम्मको सुविधा उपलब्ध गराइने ...
। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मी जिल्लामा एचपीभी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ४६५ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार माघ २५ गतेदेखि फागुन ४ गतेसम्म जिल्लाका २०७ वटा विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा ...
— भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालयअन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण ...
: भारत सरकारले निपाह भाइरसको संक्रमण हालसम्म दुई जनामा मात्र पुष्टि भएको बताएको छ। सञ्चारमाध्यममा गलत तथ्यांकहरू प्रस्तुत गरिएको बारे स्पष्ट पार्दै भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्रले हालसम्म दुई जनमा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट दुई जनामा मात्र निपाह भाइरस संक्रमण पुष्टि भएको केन्द्रको भनाइ छ। ती दुई घटना ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान हो। सन् १९९९ मा किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्रका रूपमा स्थापना भई सरकारको मन्त्रिपरिषदको निर्णयानुसार २००९ सेप्टेम्बर १४ मा ५० ...