मुख्य समाचार
क्रिकेट रंगशाला निर्माणको काममा प्रधानमन्त्रीको सक्रियता, खेलाडीदेखि कलाकारसम्म छलफलमा
क्रिकेट रंगशाला निर्माणको काममा प्रधानमन्त्रीको सक्रियता, खेलाडीदेखि कलाकारसम्म छलफलमा

: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल क्रिकेट संघका पदाधिकारी, खेलाडी र कलाकारसँग छलफल गरेका छन्। सिंहदरबारमा आइतबार बिहान उनीहरुसँग रंगशाला निर्माणको बारेमा छलफल गरेका हुन्।


प्रधानमन्त्री ओलीले बोलाएको छलफलमा क्यानका पदाधिकारी, खेलाडीसहित गायक/कलाकार बद्री पंगेनी,प्रकाश सपूत,रचना रिमाल,राजा राजेन्द्र पोखरेल,मिरुना मगरलगायत सहभागी थिए।

भेटपश्चात ओलीले फेसबुकमार्फत भनेका छन्,‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी,खेलाडी,खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने छ। आजको बिहानी खाजा भेटपछि म उत्साहित छु।’


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले ३०० दिनभित्र कीर्तिपुरस्थित टियु क्रिकेट रंगशालामा फ्लड लाइट र प्याराफिट निर्माण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री ओलीले क्रिकेट रंगशालालाई सुविधा सम्पन्न बनाउने घोषणा गरेका थिए।

तत्पश्चात रंगशालाको कामलाई द्रूत गतिमा अघि बढाउन ओलीले विभिन्न चरणमा छलफल गरिरहेका छन्। ओलीले यस अगाडि क्यानका पदाधिकारी र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बराल, विश्वविद्यालयका रेक्टर र रजिष्टारसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए। रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउने विषयमा उनीहरूबीच छलफल भएको हो। प्रधानमन्त्री ओलीले टियु क्रिकेट रंगशाला रहेको जग्गा लिजमा उपलब्ध गराउन आग्रह गरेका थिए।

पछिल्लो समय नेपाली क्रिकेटले विश्वमै आफ्नो पहिचान दिलाउन सफल भएको छ। नेपाली टोली हालै विश्वकप खेलेको थियो। विश्वकपमा तीनवटै खेलमा पराजित भए पनि नेपाली टोलीले प्रतिस्पर्धात्मक खेल खेलेको थियो। महिला टोली पनि आजै एसिया कप खेलेर फर्किएको छ। उसले एसिया कपमा पहिलोपटक जित दर्ता गरेको थियो। युएईसँग जिते पनि भारत र पाकिस्तानसँग भने नेपाल पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...