मुख्य समाचार
पेरिस ओलम्पिक : इमान खलिफको दुई मुक्काले कसरी रिङ्ग बाहिर आयो लैङ्गिक लडाइँ ?
पेरिस ओलम्पिक : इमान खलिफको दुई मुक्काले कसरी रिङ्ग बाहिर आयो लैङ्गिक लडाइँ ?

। अल्जेरियाकी इमान खलिफविरुद्ध रिङमा उभिएकी इटलियन महिला बक्सर एन्जेला करिनीले ४६ सेकेण्डमै खेल छाडिन् । र भनिन्, ‘मैले आफ्नो जीवन बचाउनु पर्‍यो ।’

पेरिस ओलम्पिकमा महिला बक्सिङमा भाग लिने अनुमति पाएका खेलाडीमध्ये खलिफ एक हुन् ।


तर एन्जेलाको बयानले पेरिस ओलम्पिकको महिला बक्सिङ विवादमा परेको छ । अनि, अल्जेरियन बक्सर खालिफको लिङ्गको मुद्दा फेरि एक पटक चर्चामा आएको छ ।

त्यो ४६ सेकेन्ड

३० सेकेन्डमा खलिफले अनुहारमा मुक्का हानेपछि प्रतिद्वन्द्वी करिनी आफ्नो हेडगियर मिलाउन कोच नजिक गइन् ।

खेल फेरि सुरु भएको केही सेकेन्डमा उनी छेउ लागिन् र खेल्न अस्वीकार गरिन् । यसपछि खलिफलाई विजेता घोषित गर्ने बित्तिकै करिनीले भनिन्, ‘यो ठीक भएन ।’

प्रतिक्रिया दिने क्रममा करिनीको आँखामा आँसु थियो । करिनीले बीबीसी स्पोर्टससँग भनेकी छन्, ‘मेरो नाकमा अत्यधिक पीडा भयो । यो मेरो जीवनभरको लागि यादगार खेल हुन सक्थ्यो तर त्यसबेला मैले आफ्नो ज्यान जोगाउनु थियो ।’


एन्जेला करिनी
आफ्नो पीडा देशले बुझ्ने आशा राखेकी करिनीले अगाडि भनिन्, ‘म डराएको छैन । रिङ्गमा मलाई कत्ति पनि डर थिएन । प्रहार गर्दा पनि मलाई डर लागेन । तर पनि मैले खेल समाप्त गरेँ किनभने म रिङ्गमा लैगिङ्ग लडाइँ लड्न असमर्थ थिएँ ।’

इटलीका प्रधानमन्त्री जर्जिया मेलोनीले उनलाई साथ दिइन् । उनने भनेकी छन्, ‘समानताको आधारमा प्रतिस्पर्धाको अर्थ हुन्छ । मेरो विचारमा यो खेल समानताको आधारमा थिएन ।’

को हुन् इमान खलिफ ?

अल्जेरियाको तियारेत निवासी २५ वर्षीय बक्सर इमान खलिफ आफैंमा बलियो खेलाडी हुन् । उनले आफ्नो करियरमा खेलेको ५० मध्ये ९ मा मात्र हारेकी छन् । २०२२ मा अफ्रिकी च्याम्पियनसिप, मेडिटेरेनियन गेम्स र २०२३ को अरब खेलमा स्वर्ण पदक जितेकी छन् ।

तर २०२३ मा भारतमा भएको महिला विश्व बक्सिङ च्याम्पियनसिपमा उनलाई प्रतियोगिताबाट हटाइयो । वेल्टरवेट विधामा खेल्ने खालिफको शरीरमा पुरुषमा पाइने हर्मोन टेस्टोस्टेरोनको मात्रा बढी भेटिएको बताइएको थियो ।

नयाँ दिल्लीमा भएको च्याम्पियनसिपमा अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष ओमर क्रेमलेभले भनेका थिए, ‘धेरै बक्सरहरूले चलाखीपूर्वक आफूलाई महिलाको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका थिए । तर परीक्षणपछि उनीमा एक्सवाई क्रोमोजोम रहेको पाइएको थियो । यसकारण उनी प्रतियोगिताबाट बाहिरिएकी हुन् ।’

अल्जेरियन ओलम्पिक कमिटीले भने खलिफलाई ‘स्वास्थ्यका कारण’ हटाएको बतायो ।

यो पटक खलिफ पेरिस ओलम्पिकमा खेल्न पाइन् । पहिलो राउण्डमा बाई पाएर रिङ्गमा प्रवेश गर्दा दर्शकमा रहेका अल्जेरियन फ्यानले ताली बजाएर स्वागत गरेका थिए ।

अल्जेरियाको ओलम्पिक कमिटीले खलिफमाथि लागेको आरोपलाई निराधार भएको बताएको छ ।

खलिफमाथि जस्तै लैङ्गिक प्रश्न उठेपछि गतवर्ष विश्व च्याम्पियनसिपमा ताइवानकी लिन यु–थिङको कास्य पदक खोसिएको थियो । उनले पनि पेरिस ओलम्पिकमा भाग लिइन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सबै बक्सरहरूले प्रतियोगितामा भाग लिन र प्रवेशका लागि योग्यता मापदण्ड पूरा गरेको बताएको छ । कमिटीका प्रवक्ता मार्क एडम्सले भने, ‘उनीहरुले यसअघि पनि धेरै प्रतियोगितामा खेलिसकेका छन् । उनीहरू अचानक यहाँ आएका होइनन् । तिनीहरूले टोकियोमा पनि खोलेका छन् ।’

के भन्छ बक्सिङ संघ ?

बुधबार नै अन्तर्राष्ट्रिय बक्सिङ संघले भने ताइवानकी लिन र अल्जेरियाकी खलिफको टेस्टोस्टेरोन परीक्षण नगरेको स्पष्टीकरण दिएको छ । गत वर्ष दुवैलाई विश्व च्याम्पियनसिपबाट हटाएको, तर पारदर्शिता तथा विश्वसनीयताको स्तर कायम राख्न टेस्टोस्टेरोन परीक्षण नगरेको उसले बताएको छ ।

अन्य केही परीक्षण गरिएको थियो, जसमा लिन र खलिफले प्रतियोगितामा सहभागी हुन तोकिएको मापदण्ड पूरा गर्न सकेनन् । उनीहरू अन्य महिला प्रतिद्वन्द्वीभन्दा बलिया थिए ।

लिन र खलिफको २०२२ मा इस्तानबुलमा भएको विश्व च्याम्पियनसिप र २०२३ मा परीक्षण गरिएको थियो । इन्टरनेशनल बक्सिङ एसोसिएसनका अनुसार लिनले यसविरुद्ध अपिल गरेकी थिइन् भने खलिफले अपिल फिर्ता लिएकी थिइन् ।

‘हाम्रो चिकित्सा समितिले उठाएको चिन्तालाई ध्यानमा राखेर यो निर्णय लिइएको हो । हामीले हाम्रो बक्सिङ परिवारको लागि सही र उपयुक्त निर्णय लियौं’ एसोसिएसनका सीईओ क्रिस रोबर्ट्सले भने, ‘हामीले फेला पार्‍यौं कि तिनीहरू महिलाको रूपमा भाग लिन योग्य छैनन् ।’ तोकिएको योग्यता परीक्षणमा एक बक्सर अर्कोभन्दा भारी र बलियो भएमा महिला विधामा लड्न अयोग्य मानिन्छन् ।

निर्णयको आलोचना

अन्तर्राष्ट्रिय बक्सिङ संघको मनमानी निर्णयमा आईओसीले आलोचना गरेको छ ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले बिहीबार जारी गरेको विज्ञप्तिमा खलिफ र लिन बक्सिङ संघको हतार र मनमानी निर्णयको शिकार भएको बताएको छ । २०२३ मा लिन र खालिफलाई कुनै विशेष प्रक्रियाबाटै प्रतियोगिताबाट बाहिर राखेको उसको बताएको छ । ‘दुई खेलाडीविरुद्ध जुन आक्रोस देखिएको छ, यो अन्तर्राष्ट्रिय बक्सिङ संघको मनमानी निर्णयको परिणाम हो’ उसले भनेको छ ।

बक्सिङ विश्लेषक स्टिभ बन्सले बक्सिङका लागि यो निकै नराम्रो भएको बताएका छन् ।

ह्यारी पोटर शृंखलाका लेखक खलिफ मामले एक्समा लेखेकी छन्, ‘के यसले हाम्रो आन्दोलनलाई राम्रोसँग प्रतिनिधित्व गर्न सक्छ ? एक पुरुषको कृत्रिम हाँसोमा खेलकुद प्रतिष्ठान संरक्षण बन्न मिल्छ । उसले महिलाको टाउकोमा मुक्का हानेर मजा लिन्छ । महिलाको पीडामा मज्जा लिनेलाई यो निर्णयले धुलोमा मिलाएको छ ।’

खलिफ विवादमा भारतीय क्रिकेटर हरभजन सिंहले लेखेका छन् ‘मेरो विचारमा यो अनुचित हो । ओलम्पिकमा यो घटना/खेलको समीक्षा हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...