मुख्य समाचार
‘किल’देखि ‘लर्ड्स अफ द रिङ्स’सम्म, अगस्टमा के-के आउँदैछन् ओटीटीमा ?
‘किल’देखि ‘लर्ड्स अफ द रिङ्स’सम्म, अगस्टमा के-के आउँदैछन् ओटीटीमा ?

। नयाँ अंग्रेजी महिना अगस्ट सुरु भएसँगै ओटीटी प्लाटफर्ममा फिल्म र सिरिजको लाइनअप तयार भएको छ । यस महिना दर्शकले ओटीटीमा प्रतीक्षित फिल्महरु ‘किल’, फिर आई हसिना दिलरुबा, मुन्ज्या र एमिली इन पेरिस हेर्न पाउनेछन् ।

तापसी पन्नु, विक्रान्त मास्सी र सन्नी कौशल अभिनित ‘फिर आई हसीन दिलरुबा’ अगस्ट ९ मा नेटफ्लिक्समा प्रिमियर हुनेछ । यो रोमान्टिक थ्रिलर २०२१ को फिल्म ‘हसीन दिलरुबा’ सकिएकै कथाबाट पुनः सुरु हुनेछ ।




नेटफ्लिक्सको वृत्तचित्र ‘मोडर्न मास्टर्स : एसएस राजमौली’ले फिल्म निर्माताको यात्रालाई पेश गर्छ । यसमा उनको परिवार, प्रभास, राम चरण, जुनियर एनटीआर र राणा दग्गुबाती जस्ता कलाकारसँगको अन्तर्वार्ता समावेश छ । यो डकुमेन्ट्री अगस्ट २ बाट उपलब्ध हुनेछ ।

ओवेन टीग, फ्रेया एलन, केभिन डुरान्ड र पिटर म्याकन अभिनीत हलिउड फिल्म ‘किङडम अफ द प्लानेट अफ एप्स’ले एक जवान चिम्पान्जीको मान्छेसँगको साहसिक यात्राको कथा भन्छ । यो फिल्म डिज्नी प्लस हटस्टारमा अगस्ट २ मा स्ट्रिमिङ सुरु हुनेछ ।



लक्ष्य लालवानी र राघव जुयालको अभिनय रहेको भारतीय एक्सन फिल्म ‘किल’ अगस्टको मध्यमा डिज्नी प्लस हटस्टारमा आउने अपेक्षा छ ।

लोकप्रिय शो ‘एमिली इन पेरिस’ चौथो सिजनसहित दर्शकमाझ आउँदैछ । पहिलो भाग नेटफ्लिक्समा अगस्ट १५ देखि उपलब्ध हुनेछ । दोस्रो भाग सेप्टेम्बरमा रिलिज हुनेछ । यो श्रृंखलामा लिली कोलिन्स, एश्ले पार्क, लुसियन लेभिस्काउन्ट र क्यामिल रजतले अभिनय गरेका छन् ।

के-पप ब्याण्ड बीटीएसका फ्यानले जिमिन र जंगकुकको नयाँ ट्राभल रियालिटी शो ‘बीटीएस : आर यु स्योर ?’ अगस्ट ८ मा प्रिमियर हुँदैछ । यो सिरिज दुई एपिसोडको छ । यो शोले उनीहरू अनिवार्य सैन्य सेवामा प्रवेश गर्नुअघि अमेरिकाको न्युयोर्क, दक्षिण कोरियाको जेजु टापु र जापानको सपोरोमा प्रस्तुत गरेको साहसिक कार्यलाई प्रस्तुत गर्छ ।

‘मुन्ज्या’ अगस्टभित्र डिज्नी हटस्टारमा आउनेछ । ‘लर्डस् अफ द रिङ्स : रिङ्स अफ द पावर’ अगस्ट २९ मा अमेजन प्राइम भिडियोमा स्ट्रिमिङ हुनेछ । अगस्टभित्रै ‘चन्दु च्याम्पियन’ अमेजन प्राइममा आउनेछ ।

यसै महिना नेटफ्लिक्समा ‘इण्डियन २’, अगस्ट १ मा जियो सिनेमामा ‘ड्युन : पार्ट २’ आउनेछ ।

हलमा के–के आउँदैछन् ?



अजय देवगण, तब्बु र जिमी शेरगिल अभिनित ‘औरों मे कहाँ दम था’ हत्याका कारण टुटेको जोडीको बारेमा भनिएको रोमान्टिक थ्रिलर हो । यो अगस्ट २ मा हलमा प्रदर्शन तयारीमा छ ।

जान्हवी कपुरको फिल्म ‘उलझ’ पनि अगस्ट २ मा हलमा रिलिज हुँदैछ । यसमा कलाकार गुलशन देवैया, रोशन म्याथ्यु, राजेश तैलाङ, आदिल हुसेन र मेइयाङ चाङ छन् ।

श्रद्धा कपुर, राजकुमार राव, पंकज त्रिपाठी र अभिषेक बनर्जीको अभिनय रहेको ‘स्त्री २’ अगस्ट १५ मा रिलिज तयारीमा छ । यो थ्रिलरलाई दर्शकले उत्सुकतापूर्वक पर्खिरहेका छन् ।

दमनविरुद्ध उभिने महिलाको सत्य घटनामा आधारित जोन अब्राहम र शर्वरी वाघ अभिनित ‘वेद’ पनि अगस्ट १५ मा रिलिज हुँदैछ । मुदस्सर अजिजको निर्देशनमा बनेको फिल्म ‘खेल खेल मे’मा अक्षय कुमार, तापसी पन्नु, वाणी कपुर, एमी विर्क, आदित्य सील र प्रज्ञा जैसवालको अभिनय छ । यो फिल्म पनि अगस्ट १५ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...