मुख्य समाचार
‘स्क्विड गेम’ दोस्रो सिजनको टिजरसँगै प्रिमियर मिति घोषणा
‘स्क्विड गेम’ दोस्रो सिजनको टिजरसँगै प्रिमियर मिति घोषणा

। नेटफ्लिक्सले बहुप्रतीक्षित कोरियाली सिरिज ‘स्क्विड गेम’को दोस्रो सिजनको प्रिमियर मिति घोषणा गरेको छ । बिहीबार एक टिजर सार्वजनिक गर्दै निर्माताले डिसेम्बर २६ मा दोस्रो सिजन आउन लागेको जनाएका हुन् ।

यो डिस्टोपियन सिरिज क्रिसमसलगत्तै दर्शकमाझ आउन लागेको हो । सिरिजको पहिलो भागले नेटफ्लिक्सले एकपछि अर्को कीर्तिमान रचेको थियो । त्यसयता यो सिरिजलाई लिएर विश्वभर पर्खाइ छ ।




नयाँ कुरा के पनि छ भने सिजन ३ सँगै सिरिजको अन्त्य पनि हुनेछ । सन् २०२५ मा फर्किने सिरिजको तेस्रो सिजनमा दोस्रो सिजनकै कलाकारको पुनरागमन हुने पक्का छ ।

सार्वजनिक दोस्रो सिजनको टिजरले सिरिजबारे धेरै कुराको संकेत गर्छ । १७ सेप्टेम्बर २०२१ मा सुरु भएको ‘स्क्विड गेम’लाई २८ दिनमा १.६५ बिलियन पटक हेरिएको थियो । यो सिरिजले १११ मिलियन नेटफ्लिक्स एकाउन्टमा पहुँच प्राप्त गरेको थियो ।


पहिलो सिजनको थालनीमै १०० मिलियन पार गर्ने उपलब्धि नेटफ्लिक्सले हासिल गरेको थियो । स्ट्रिमिङ प्लाटफर्मको इतिहासमा यो विश्वव्यापी घटना बन्यो ।

तपाईंले अघिल्लो सिजन हेर्नुभएको छ भने मुख्य पात्र सियोङ जे हुनले खेलकुद प्रतियोगिताबाट निम्तो प्राप्त गर्दा ऊ ऋणमा डुबेको थियो । अनपेक्षित रुपमा खेल जितेपछि उसले यो घातक प्रतिस्पर्धाका अन्य सहभागीसँग बदला लिन थाल्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...