मुख्य समाचार
कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्या आरोपित १७ वर्षपछि पक्राउ
कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्ट हत्या आरोपित १७ वर्षपछि पक्राउ

: प्रहरीले मिनभवनस्थित नेपाल कमर्स क्याप्सका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै २०६४ सालमा प्राध्यापक विष्टको हत्यामा संलग्न रन्जन खड्कालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्राध्यापक विष्टले जिस्काउने गरेको भन्दै सविता थापाका भाइ विनोद थापासहितको समूहले विष्टलाई निर्घात कुटपिट गरी घाइते बनाएको अवस्थामा २०६४ असार २६ गते ललितपुरको शंखमुलमा फेला परेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्न सविता थापा र विनोद थापालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो भने विनोद थापा कैद सजाय काटेर जेलबाट छुटिसकेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले घटनामा संलग्न मध्ये हालसम्म खुलेका तथ्यहरूबाट रञ्जन घटनाका प्रमुख व्यक्ति रहेको खुलेको बताए । उनी वारदातको समयपछि धेरै समय भारतका विभिन्न स्थानमा लुकीछिपी बस्ने गरेको खुलेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापाको मेचीनगरमा दुईवटा मोटरसाइकल ठोकिँदा घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका- ७ गरामनीकी ५४ वर्षीया कल्पना भण्डारीको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। माघ ११ गते दिउँसो १:३० बजे मेचीनगर- ७ नमुना टोलस्थित भित्री सडक खण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत ...
: नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तत्काल कम्तीमा १२ वटा समिति गठन गर्न परिपत्र गरेको छ। पार्टी उपसभापति तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले बुधबार अधिकांश ठाउँमा समिति गठन भइसकेको र बाँकी रहेको ठाउँमा अविलम्ब गठन गर्न परिपत्र गरेका हुन्। समिति संयोजक शर्माले 'विजय अभियान ' व्यवस्थित बनाउनका लागि आवश्यक समिति ...
— परवानीपुर गाउँपालिका–१ रहरीयाडिह गाउँमा बुधबार मध्यराति श्रीमतीको योजनामा श्रीमान् र सासुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको खुलेको छ । श्रीमती मनिताको योजनामा उनका २७ वर्षीय श्रीमान् रामेश्वर महतो मण्डल र ४८ वर्षीय सासु सुमित्राको हत्या भएको हो । मनिता घरबाटै पक्राउ परेपछि उनकै योजनामा दुवैको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको हो। दुवैको घटनास्थलमै ...
— उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो। ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, ...
— गुल्मीमा आफ्नै बाबुद्वारा तीन महिने शिशुको हत्या भएको छ । इस्मा गाउँपालिका-३ छल्दीटारमा ४६ वर्षीय सन्तबहादुर कुमालले तीन महिने शिशु सुवास कुमाललाई भुइँमा पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए । उनका अनुसार मापसे गरेर बुबाले आफ्नै तीन महिनाको शिशु छोरा सुवास कुमालकाे बिहान साढे ९ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम