मुख्य समाचार
सरकारले खेलाडी र प्रशिक्षकको मात्रै खर्च बेहोर्ने, आफैँले खर्च बेहोर्नुपर्ने भएपछि पदाधिकारी तनावमा
सरकारले खेलाडी र प्रशिक्षकको मात्रै खर्च बेहोर्ने, आफैँले खर्च बेहोर्नुपर्ने भएपछि पदाधिकारी तनावमा

: फ्रान्सको राजधानी पेरिसमा जारी ३३औं गृष्मकालीन खेलकुदमा नेपाली खेलाडीको प्रदर्शन निरासाजनक छ। पौडीका एलेक्जेन्डर शाहले आफ्नो यसअघिको कीर्तिमान भंग गर्नु बाहेक अरुले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। त्यसैले अहिलेसम्मको प्रदर्शन हेर्दा पेरिस ओलम्पिकमा नेपालको सहभागिता यसअघिजस्तै सहभागितामै सीमित हुने देखिएको छ।


पेरिस ओलम्पिकमा अहिलेसम्म पाँच नेपाली खेलाडीको चुनौती समाप्त भइसकेको छ। जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा, टेबुल टेनिसका श्यान्टु श्रेष्ठ र सुटिङकी सुस्मिता नेपालको ओलम्पिक यात्रा समाप्त भइसकेको छ। अब ब्याड्मिन्टनका प्रिन्स दाहाल र एथलेटिक्सकी सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा गर्न बाँकी छ। प्रिन्सले पनि अघिल्ला दुवै खेलमा पराजय बेहोरिसकेकाले बुधबार हुने खेल औपचारिकता मात्रै हुने देखिन्छ।

पेरिस ओलम्पिकमा ६ खेलका सात खेलाडी सहभागी भए पनि जम्बो अफिसियलसहित नेपाल फ्रान्स पुगेको थियो। नेपाली खेलाडीले निकै कमजोर प्रदर्शन गरिरहँदा ओलम्पिकमा गएका पदाधिकारी भने युरोपका विभिन्न देशको सयरमा मस्त छन्।



नेपाल ओलम्पिक कमिटी (एनओसी)ले पहिलो चरणमा सात खेलाडी, पाँच प्रशिक्षक र अफिसियलसहित २९ जनाको नाम राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृतिका लागि पेस गरिएको थियो। एनओसीले स्वीकृती माग गरिएभन्दा धेरैलाई युरोपको सयरमा लगेको छ। जसमा अधिकांश एनओसीका पदाधिकारी, तिनका आफन्त र नातेदार छन्।

पेरिस ओलम्पिकमा खेलाडीभन्दा पाँच गुणा बढी पदाधिकारी गएपछि सरकारले सात खेलाडी र पाँच प्रशिक्षकको मात्रै खर्च बेहोर्ने निर्णय गरेको छ। विभिन्न ६ खेलका सात खेलाडी र पाँच प्रशिक्षकको मात्रै खर्च बेहोर्ने उल्लेख गर्दै युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरिसकेको छ। सरकारले खेलाडी मनिता श्रेष्ठ प्रधान, डुवाना लामा, श्यान्टु श्रेष्ठ, सुस्मिता नेपाल, अलेक्जेन्डर शाह, प्रिन्स दाहाल र सन्तोषी श्रेष्ठ तथा प्रशिक्षकतर्फ सुटिङका प्रदीप खाती, टेबुल टेनिसका राजेन्द्र कपाली, पौडीकी नयना शाक्य, जुडोकी देवु थापा र एथलेटिक्सकी कान्तिकुमारी महतोको मात्र खर्च बेहोर्ने जनाएको छ।

युवा तथा खेलकुद मन्त्रालयले परिषद्लाई लेखिएको पत्रमा भनिएको छ, ‘खेलाडी र प्रशिक्षकको हकमा स्वीकृति गर्ने, नेपाल ओलम्पिक कमिटीको खर्चबाट सहभागी हुने खेलाडी र प्रशिक्षक बाहेक अन्य सहभागीको हकमा नेपाल सरकारको स्रोतबाट पकेट खर्चलगायत अन्य खर्च नबेहोर्ने तथा राष्ट्रिय खेलकुद परिषद्बाट खर्च बेहोर्ने गरी प्रस्तावित सहभागीको हकमा औचित्य पुष्टि नभएको हुँदा स्वीकृति नगर्ने।’

राष्ट्रिय खेलकुद परिषद्बाट खर्च बेहोर्ने गरी सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, राखेप बोर्ड सदस्य प्रकाशकुमार कुसारी, आर्थिक विभाग प्रमुख रिखीराम पोखरेल र प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतको नाम स्वीकृतिका लागि राखेपले मन्त्रालयमा पेस गरेको थियो। मन्त्रालयले प्रस्तावित सबै जनाको औचित्य पुष्टि नभएको भन्दै स्वीकृति नगर्ने निर्णय गरेको हो।

राष्ट्रिय खेलकुद विकास नियमावलीको दफा ६ को उपदफा (३) मा सदस्यसचिवले परिषद्को कामको सिलसिलामा स्वदेशभित्र भ्रमण गर्दा परिषद्को अध्यक्ष र विदेशमा भ्रमण गर्नुपर्ने भएमा मन्त्रिपरिषद्बाट स्वीकृती लिनुपर्ने प्रावधान छ। तर, सदस्यसचिव घिसिङ मन्त्रिपरिषद्को स्वीकृतिबिनै पेरिस उडेकाले खर्च नबेहोर्ने निर्णयमा मन्त्रालय पुगेको जनाइएको छ। यस्तै कुसारीका विषयमा कार्यकारी समितिबाट अनुमोदन नभएको, आर्थिक विभाग प्रमुख पोखरेल यसअघि पनि पटक पटक विदेश भ्रमणमा गएकाले स्वीकृति नगरिएको मन्त्रालयले जनाएको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, उनको पाहुना रञ्जना प्रधान, सेभ द मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, उनकी श्रीमती प्रतिभा जोशी, एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ र उनकी श्रीमती बागमती राई, ओलम्पिक कमिटीका अतिथि पृथ्वीबहादुर पाण्डे, ओलम्पिक एटेची चतुरानन्दराज बैद्य, डाक्टर नविसमानसिंह प्रधान, वेलफेयर अफिसर सुजनलाल श्रेष्ठ पेरिस पुगेका थिए। मन्त्री चौधरी भने मंगलबार स्वदेश फर्किसकेका छन्।

यस्तै अफिसियलमा जुडोका अध्यक्ष दीपकहर्ष वज्राचार्य, ब्याडमिन्टनका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, सुटिङका अध्यक्ष पुष्पदास श्रेष्ठ, टेनिसकी अध्यक्ष ज्योति राणा, कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी, एनओसी उपमहासचिव पीताम्बर तिम्सिना, राखेपका आर्थिक विभाग प्रमुख रिखीराम पोखरेल, राखेपकै प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेत र खेलकुद पत्रकार निरञ्जन अधिकारी पेरिस जाने सूचीमा छन्। यस बाहेक एनओसीका तेजबहादुर गुरुङ, रतन टन्डन, होम दोङ, रमेश सिवाकोटी, दीर्घबहादुर केसी, गोपालसुन्दरलाल कक्षपती, टासी घले र राजन श्रेष्ठको नाम पनि पेरिस जाने सूचीमा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एन्फा राष्ट्रिय लिग २०८२ मा त्रिभुवन आर्मी क्लब र लालीगुराँस क्लबले गोलरहित बराबरी खेलेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले कुनै पनि गोल निकाल्न सकेनन्। आजको खेलमा आर्मीसँगको बराबरीसँगै लालीगुराँस अंक तालिको शीर्ष स्थानमा उक्लिएको छ। पछिल्लो ३ खेलमा जित निकाल्दै लालीगुराँस शीर्षमा उक्लेको हो। आजको दोस्रो खेल प्लानिङ ब्वाइएज युनाइटेड र ...
: नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने सपना सकियो। आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफार्यसको समूह बी अन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनले पराजित हुँदा नेपालले अगाडिको चरणमा खेल्ने सम्भावना सकिएको हो। यो प्रतियोगिता नेपाली महिला क्रिकेट टिमले खेलेको आइसीसीको सबैभन्दा ठूलो प्रतियोगिता थियो। यही प्रतियोगिताबाट नेपालले घरेलु मैदानबाट विश्वकपको मैदानमा पुग्ने सपना लिएको थियो। तर, ...
। थाइल्यान्डमा सम्पन्न साफ फुटसल च्याम्पियनसिपमा नेपाली पुरुष फुटसल टोली तेस्रो भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पहिलो पटक आयोजना गरेको साफ फुटसल च्याम्पियनसिपमा दक्षिण एसियाका सातवटै राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । थाइल्यान्डको बैंककमा भएको साफ फुटसल च्याम्पियनसिपको उपाधि भने माल्दिभ्सले जित्यो । माल्दिभ्सले खेलेको ६ वटै खेल जित्दै अपराजित रहेर च्याम्पियन भएको हो ...
। विभागीय टोली नेपाल पुलिस क्लबले श्री भगवती क्लबलाई १-० ले पराजित गर्दै राष्ट्रिय लिग फुटबलमा पहिलो जित हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आत्मघाती गोल मदतमा पुलिसले श्री भगवतीलाई हराउँदै ३ अंक जोडेको हो । श्री भगवतीका विवश चौधरीले ३७औं मिनेटमा गरेको आत्मघाती गोलमा पुलिसले अग्रता लिएको थियो । पुलिसका फरवार्ड ...
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले टी–२० विश्वकप २०२६ मा सहभागी हुनेबारे अन्तिम निर्णय आउँदो सोमबारसम्म गर्ने भएको छ ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम