मुख्य समाचार
बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

: महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण ढुंङ्ग्रे खोलामा आएको भीषण बाढीले महोत्तरीको बर्दिवासस्थित बेलगाछि पुलको पश्चिमतर्फको सडक बगाएको महोत्तरी प्रहरीले जनाएको छ ।


बाढीले बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएको महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवारले अन्नपूर्णलाई जानकारी दिए । अहिले पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको उनले बताए ।

प्रहरी नायव उपरीक्षक जैसवारका अनुसार तत्कालका लागि डाइभर्सन गरेर सवारी साधनलाई गन्तव्यतर्फ पुर्‍याउने काम भएको छ । ‘साना चारपाङ्ग्रेसम्मको सवारी साधनलाई माइस्थान चोकबाट गौशालाहुँदै लक्ष्मीनियाँ चोक निस्कने गरी डाइभर्सन गरिएको छ । ठूला मालबाहक सवारी साधनलाई गौशाला, कान्तिबजार हुँदै हुलाकी सडकमा जोड्ने डाइभर्सन सञ्चालन गरेका छौं,’प्रहरी नायव उपरीक्षक जैसवारले भने ।



उनले जिल्लाबाट सडक निरीक्षणका लागि टोली खटिएको जनाए । ‘सीडीओ साबको नेतृत्वमा निरीक्षण टोली खटिएको छ । तत्कालै केही उपाय लगाएर राजमार्ग सञ्चालनमा ल्याउने प्रयासमा लागेका छौं,’उनले भने । पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा ३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गर्नुपर्ने बाध्यता भएको छ । राजमार्गअन्तर्गत महोत्तरीमा पर्ने अधिकांश पुलहरू जीर्ण अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम