मुख्य समाचार
महोत्तरीमा बाढीले भत्काएको सडक एकतर्फी सञ्चालनमा आयो
महोत्तरीमा बाढीले भत्काएको सडक एकतर्फी सञ्चालनमा आयो

: पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीमा बाढीले भत्काएको सडक एकतर्फी सञ्चालनमा आएको छ । भारी वर्षाका कारण ढुङ्ग्रे खोलामा आएको भीषण बाढीले बुधबार बिहान २ बजेतिर टुटेश्वर चोक नजिकैको बेलगाछि पुलको पश्चिमपट्टी करिब ५ फिट सडक बगाएपछि पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।

सडक डिभिजन कार्यालय जनकपुरले सडक बगाएको ठाउँमा ग्राबेल माटो हुरेर एकतर्फी सडक सञ्चालनमा ल्याएको छ । सडक बगाएको ठाउँमा ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्योपानेले जानकारी दिए ।। उनका अनुसार राजमार्ग सञ्चालनमा आएपछि अलपत्र परेका सवारी साधनहरु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

मंगलबार खोलामा आएको बाढीले बहाव परिवर्तन गरेपछि राति सडक बगाएको डिभिजन कार्यालय जनकपुरका इन्जिनियर विकास झा बताउँछन् । ‘मंगलबार बाढीले पुल नजिकै रुख बगाएर ल्याएको रहेछ । रुखले पानी ब्लक भएपछि बाढीले बहाव परिवर्तन गरेर बुधबार बिहान सडक बगायो,’ इन्जिनियर झाले भने,‘यो पुल पनि ३०–३५ वर्ष पुरानो हो । यस्को स्पान पनि सानो छ । त्यसकारण पनि समस्या भयो ।’

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा ३० किलोमिटरभन्दा लामो दुरीको डाइभर्सन प्रयोग गरिएको थियो । साना सवारी साधनहरू डाइभर्सनमा गुडेपनि ठूला मालबाहक सवारी साधनहरू अलपत्र परेका थिए । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीमा पर्ने अधिकांश पुलहरू जीर्ण अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत भदौ २३–२४ मा भएको जेन्जी-आन्दोलन पछि पहिलोपटक कर्णाली प्रदेशसभा बैठक (आज) आइतबार बस्दैछ । हिउँदे अधिवेशनको बैठक दिउँसो १ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । ९ माघमा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यसअघि चालु आर्थिक वर्ष २०८२/०८३ को ...
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम