मुख्य समाचार
लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारेको इजरायलको दाबी
लेबनानमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारेको इजरायलको दाबी

लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा चरमपन्थी संगठन हिजबुल्लाहका शीर्ष कमाण्डर मारिएको इजरायलले जनाएको छ ।


लेबनानी सशस्त्र बलको गढ रहेको दहियाहमा भएको आक्रमणमा परी कम्तीमा एक जनाको मृत्यु भएको तथा अन्य कैयौं घाइते भएका बीबीसी समाचारमा उल्लेख छ।

इजरायली सेनाले गुप्तचर सूचनाको आधारमा हिजबुल्लाहका शीर्ष कमाण्डर फौद शुक्रलाई लडाकु विमानबाट निशाना बनाएर आक्रमण गरेको बताएको छ ।



इजरायली नियन्त्रित गोलान हाइट्समा शनिबार भएको आक्रमणको कारण फाउद शुक्र नै भएको इजरायली अधिकारीहरूले बताएका छन्।

शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश बालबालिका थिए । हिजबुल्लाहले आक्रमणको आफूले नगरेको बताएको थियो ।

इजरायलले गरेको उक्त आक्रमणको निन्दा लेबनानी प्रधानमन्त्री नजिब मिकातीले गरेका छन् ।

उनले इजरायलद्वारा अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन भएको बताउँदै यसलाई आपराधिक कार्यको आरोप लगाएका छन् ।

आक्रमणपछि इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमा हिजबुल्लाहले सम्पूर्ण सीमा नाघेको बताएका छन् ।

आक्रमणमा परी फाउद शुक्रको मृत्यु भएको हो/होइन भन्ने आधिकारित पुष्टि भने अझै भएको छैन । आक्रमणको समयमा फाउद शुक्र उक्त भवनमा उपस्थित नभएका बेरुतका सुरक्षा स्रोतहरूले जनाएका छन्। यसबारे हिजबुल्लाहले भने हालसम्म कुनै वक्तव्य जारी गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो । ‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै ...
। दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य ...
। रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो। मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी ...
। शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ । इस्फहान र तब्रिज ...
: रूसले युक्रेनमाथि अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको छ। शुक्रबार रूसका सरकारी प्रवक्ताले युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा कुनै कूटनीतिक समाधान सम्भव नरहेको खुलासा गरेसँगै रुसले उक्त आक्रमण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको टेलिफोन वार्ता निष्कर्षविहीन भएको केही घण्टापछि रूसले उक्त आक्रमण सुरू गरेको बीबीसीले जनाएको छ। किभसहित युक्रेनका अन्य ...